
काठमाडौं – वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतले पद्मश्री सम्मान प्रदान गर्ने भएको छ । ६९ औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारले नेपालका डा. रुइतलाई शुक्रबार पद्मश्रीबाट सम्मानित गर्ने भएको हो ।
पद्मश्री सम्मान भारत सरकाले प्रदान गर्ने फोर्थ हाइएस्ट सिभिलियन अवार्ड हो । पद्मश्री पाउने डा. रुइत दोस्रो नेपाली नागरिक हुने भएका छन् । यसअघि अनुराधा कोइरालाले गएको वर्ष भारतको ६८ औँ गणतन्त्र दिवसको अवसरमा पद्मश्री सम्मान पाएकी थिइन् ।
डा. रुइतले आँखा उपचारमा पुर्याएको सहयोगको सम्मानमा उहाँलाई पद्मश्री सम्मान प्रदन गर्न लागिएको भारत सरकारले जनाएको छ । डा. रुइतले कम खर्चमा आँखाको उपचार गर्दै आएका छन् । उनले शुक्रबार भारती राष्ट्रपति रामनाथ कोविन्दको हातबाट सम्मान ग्रहण गर्नेछन् ।