विन्टर ओलम्पिकमा रुसका १६९ खेलाडी, तर स्वतन्त्र

विन्टर ओलम्पिकमा रुसका १६९ खेलाडी, तर स्वतन्त्र
+
-

आउँदो फेब्रअरीमा दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर (शीतकालीन) ओलम्पिकमा रुसका १६९ खेलाडीले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सरकारकै संलग्नतामा खेलाडीले शक्तिवर्धक औषधि प्रयोग गरेको आरोपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसमाथि विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागएको छ ।

तर रुसी खेलाडीले स्वतन्त्र रुपमा भने सहभागिता जनाउन पाउने छन् । यहि नियम अनुसार फेब्रुअरीमा हुने विन्टर ओलम्पिकका लागि १६९ रुसी खेलाडीले स्वतन्त्र रुपमा सहभागिता जनाउन पाउने भएका हुन् ।

रुसमाथि रियो ओलम्पिकमा पनि प्रतिबन्ध लागेको थियो । सन् २०१४ मा सोचीमा भएको प्रतिस्पर्धामा राज्यकै संलग्नतामा डोपिङ भएको आरोपमा रुसमाथि प्रतिबन्ध लागेको हो ।

स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नका लागि पाँचसय भन्दा बढी रुसी खेलाडीले निवेदन दिएकोमा आइओसीले ३८९ जनालाई सूचिमा राखेको थियो । त्यसमध्ये १६९ जना प्रतिस्पर्धामा सहभागी हुन पाउने भएका हुन् ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?