
सधै जसो कुनै न कुनै कारणले चर्चामा आइरहेको हुन्छ शिक्षण अस्पताल । कहिले चिकित्सकहरुको आन्दोलन त कहिले उनीहरु कै अनसनका कारण, कहिले औषधीको अभाव त कहिले आकस्मिक वार्डमा वेडको अभावका कारण समय समयमा अस्पतालले चर्चा चुमिरहेको हुन्छ ।
त्यस्तै सोमबार करीब १२ बजेपछि शिक्षण अस्पताल पुग्दा एक विरामी युवक आकस्मिक कक्षको अगाडि एकाएक ढले । ती विरामी युवकलाई उनकी आमाले केही घण्टा अगाडि अस्पतालमा भर्ना गर्नका लागि ल्याएकी थिइन् । अस्पतालले २ बजे अगाडि भर्ना गाउन नसक्न भने पछि उनीहरु पालो कुरेर बसिरहेका थिए ।
भर्ना हुनका लागि पालो कुरेर बसिरहेका विरामी युवक उठ्ने प्रयास गर्दै थिए , तर उठ्न नसेकेर त्यही ठाउँमा ढले। उनको वरपर भएका मनिसहरुले उनलाई उठाए। छोराले समयमा उपचार नपाएको भन्दै विरामी युवककी आमा अस्पताल प्रति आक्रोश पोख्दै थिइनन् । उनले आक्रोशित हुदै भनिन्,‘बिहानै गाह्रो भएर अस्पताल आ’को, कुराएको कुराई छन्, त्यसै टिकट काट्न लगाएर बरु ठाउँ छैन भने अरु अस्पताल नै जाउँ भन्नु नि ।’
उक्त घटनाले एकछिन अस्पतालमा कोलाहाल मच्चियो । सबै मासनसहरु कराउन थाले । त्यतिकैमा अस्पतालका दुई जाना व्यक्तिले स्टेचर ल्याएर विरामीलाई सकि नसकि उठाउँन खोजे । अन्य व्यक्तिहरुको सहयोग लिए। विरामी उठाए । वार्डमा लिए।
त्यसैगरी, नुवाकोटका एक युवकले आफ्नो बुवाको स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगे । उनले बुबालाई वार्डमा भर्ना गरे । उनका बुबाको दुई दिनदेखि अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएका युवकले बुबालाई चाडै निको पारेर घर लैजाने सोचेका थिए ।
उनले बाबुलाई भर्ना त गराए तर विरामी दुई बेड एक । एकै बेडमा उनका बुबासहित एक अर्का विरामीको पनि उपचार भइरहेको छ। उनका बाबु सहित अर्का विरामीलाई एकै बेडमा राखेर उपचार भइरहेको छ । अर्थात विरामीलाई एकै बेडमा दुईतिर सिराने लगाएर राखिएको छ । उनी भन्छन्,‘बुबाको टाउको तिर अर्को एक जना विरामीको खुट्टा र तीनै विरामीको खुट्टा तिर बुवाको सिरानी गराएर उपचार भइरहेको छ।’
अस्पतालमा देखिएका यी घटना एक प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरु जास्ता धेरै विमामीले एउटा बेडमा दुई जान राखेर वा स्टेचरमै उपचार गराउन बाध्य भइरहेका छन् भने कतिपय ठाउँ अभावका कारण निजी अस्पताल धाउन बाध्य भइरहेका छन्। अस्पतालमा भइरहेको यस्तो समस्याका कारण एक रोग लिएर अस्पताल उपचार गराउन पुगेका विरामी अर्को रोगले थला नपर्लान् भन्न नसकिएला की !