राजपाको बैठकमा प्रदेश र स्थानीय तहको कामकाजको समीक्षा

काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउन नेतृत्वलाई दबाब

काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउन नेतृत्वलाई दबाब
+
-

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जनकपुरधाममा सबेको केन्द्रीय कार्य समितिको बैठक प्रदेश र स्थानीय सरकारको समीक्षा गरि सम्पन्न भएको छ ।

फागुन १० गते देखि सोमबार अबेर रातिसम्म चलेको राजपाको केन्द्रीय समितिको बैठकमा प्रदेश २ सरकार र स्थानीय निकायको प्रतिनिधिको कामकाजको समीक्षा गरिएको हो ।

पार्टी अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय अध्यक्ष मण्डलसँग पार्टी आवद्ध प्रदेश २ का मन्त्री, राज्यमन्त्री एवं संघीय र प्रदेश सांसदसहित जिल्ला समन्वयन समितिका पदाधिकारी र स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग व्यापक छलफल भएको जनाइएको छ ।

छलफलमा पार्टीको संगठन, महाधिवेशन, प्रदेश सरकार, जिल्ला समन्वयन समिति, स्थानीय तहद्वारा भइरहेको विकास निर्माण, प्रगति, जनआकांक्षा र जनचाहनाको सम्बोधन लगायतका विषयमा तीनै तहको पार्टी नेतृत्व तथा समन्वयन सहकार्यको वातावरण बारे व्यापक छलफल भएको सदस्य राजकिशोर यादवले बताए ।

बैठकबाट स्थानीय तथा प्रदेश सरकारबाट आ–आफ्नो तह र स्तरमा आफू र आफ्नो समन्वयन एवं सहकार्यमा र सहयोगले कामकारवाही अगाडि बढाउने निर्देशन समेत दिइएको पार्टी संयोजक महेन्द्र राय यादवले जानकारी दिए ।

चार दिनसम्म चलेको बैठकमा उठेको विषय जिज्ञासा, र प्रश्नहरुको सम्बन्धमा र बैठक बाँकी हुन रहेको प्रदेशमा उठ्न सक्ने प्रश्नहरुलाई सम्बोधन गर्दै आगामी १७ गते पछि बस्ने अध्यक्ष मण्डलको बैठकबाट नै विस्तृत निर्देशन सहित निर्णय गरिने जानकारी गराइएको छ ।

यसैगरि फागुन १४ गते प्रदेश २ को राजधानी विराटनगर, फागुन १६ गते प्रदेश नं. ५ को भैरहवा, बाँके, दाङ्ग र बर्दियामा नेता कार्यकर्ता तथा सांसदसँग छलफल गर्ने समेत जनाइएको छ ।

काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउन माग


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सांसदहरुले प्रदेश २ को सरकारमा रहेको मन्त्रीलाई फिर्ता बोलाउन दवाव दिएका छन् । मन्त्रीहरु जिल्ला अनुसार विभाजन भएको र मन्त्रालय सञ्चालन गर्न नसकेको भन्दै राजपाकै सांसदले राजपा अध्यक्ष मण्डललाई मन्त्री फिर्ता बोलाउन दबाब दिएका हुन् ।

राजपाका केन्द्रीय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं सांसद सहभागी उक्त बैठकमा प्रदेश सरकारको समीक्षा गर्दा वर्ष दिन वितिसक्दा समेत पार्टीका मन्त्रीहरुले उल्लेख्य प्रगति गर्न नसकेको भन्दै सांसदले मन्त्रीको आलोचना गरेका छन् ।

राजपाका केन्द्रीय अध्यक्ष मण्डल सहभागि बैठकमा सांसदहरुले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवल किशोर साहको कार्य सम्पादनमाथि प्रश्न उठाएका छन् ।

राजपाका केन्द्रीय अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी कार्यक्रममा राजपाका प्रदेश सांसदले भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको काम सम्मानजनक भए पनि राजपाका दुई मन्त्रीको आलोचना गरेको बैठकमा सहभागी सांसदले बताए ।

सरकारको काम प्रभावकारी बनाउन, मधेस आन्दोलनको उदेश्य र शहीदको सपना पूरा गर्न सरकारको विकल्प नरहेको बताउदै सांसदले रामनरेश राय र नवल किशोर साहलाई फिर्ता बोलाउन अध्यक्ष मण्डललाई सुझाव दिएका छन् ।

सरकारमा रहेका राजपाका मन्त्रीहरु मध्ये जितेन्द्र सोनलले पार्टीको प्रतिष्ठा बचाए पनि रामनरेश राय र नवल किशोर साहले पार्टीको नाम बदनाम गरेको सांसदहरुले आरोप लगाएका थिए ।

समाजिक विकास मन्त्री साहले गत आर्थिक वर्षको बजेट फ्रिज गराएर हालसम्म कार्यविधि समेत नबनाएका कारण मन्त्रलायको काम अगाडि बढन नसक्दा मन्त्रालय पछाडि परेको सांसदको आरोप छ । यस्तै उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश रायले कानुन बनाउन नसकेको, कार्यविधि बनाउन नसकेका कारण मन्त्रालयको योजना सञ्चालन गर्न अख्तियारी नगएको भन्दै आलोचना भएको हो ।

बैठकमा पार्टीलाई असफल बनाउने मन्त्रीलाई सम्मान जनक बिदाई गरि अन्य सांसदलाई मन्त्रालयको जिम्मेवारी दिन सांसदले माग गरे । राजपाका सांसदहरु बाबुलाल साह, मनिष सुमन, रमेश पटेल, जानकी शरण साह, परमेश्वर साहले दुई मन्त्रीको कार्यशैली प्रति असन्तुष्टि जनाएका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?