
धनगढी-सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रमा आफ्नै अप्टिकल फाइबर बिछ्याउन सुरु गरेको छ। मंगलबार उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले अप्टिकल फाइवर बिछ्याउने कार्यको उद्घाटन गरेका छन्।
उप-महानगरपालिकाका १९ वटै वडामा पुग्ने गरि फागुन मसान्त सम्म काम पुरा हुने सफ्टवेयर ईन्जिनियर हरीपसाद भट्टले जानकारी दिए। उनले भने– ‘यो काम धनगढी उप-महानगरपालिकाको हो यसमा प्राविधिक साझेदारी न्यू आइटी भेन्चरले गरिरहेको छ।’
१९ वटै वडामा अप्टीकल फाईवर बिछ्याउन ८५ लाखको स्टीमेट रहेको छ। पहिलो चरणमा उप-महानगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य, भेटेनरीमा पु¥याउने उपमहानगरपालिकाको योजना रहेको छ। उप-महानगरले सबै सामुदायिक विद्यालयमा समेत सेवा पु¥याउने लक्ष्य राखेको छ। उप-महानगरले योजनाहरुको अनुगमन, मुल्यांक र सुझाव समेत दिन सकिने गरी हाम्रो धनगढी एप्स समेत संचालनमा ल्याएको छ।
इ–गभर्नेन्स सेवालाई प्रवद्र्धन गर्न र उप–महानगरपालिकाबाट प्रवाह हुने काम कार्वाहीलाई खुला र पारदर्शी बनाउनका लागि आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए। ‘कुनै पनि नगर स्मार्ट हुनका लागि सूचना प्रविधिको विकास आवश्यक हुन्छ’ नगरप्रमुख वडले भने–‘उप-महानगरपालिकाबाट दिने सेवालाई बिस्तारै पेपरलेस बनाउँदै लग्ने छौँ।’