गण्डकी मेडिकल कलेज विवाद प्रकरणः

त्रिविले गठन गर्यो छानबिन समिति, सांसद खगराजद्वारा कारबाही माग

त्रिविले गठन गर्यो छानबिन समिति, सांसद खगराजद्वारा कारबाही माग
+
-

पोखरा – गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट नेपाल सरकारले तोकेको भन्दा बढि शुल्क लिएको विषयमा उत्पन्न विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयले एक छानबिन समिति गठन गरेको छ ।

परिषद्को फागुन १२ गते बसेको बैठकले अर्थशास्त्र केन्द्रीय विभागका प्राडा. कुशुम शाक्यको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको उपकुलपति तथा परिषद् अध्यक्ष प्राडा. तीर्थराज खनियाले जानकारी दिए । समिति सदस्यमा महाराजगञ्ज चिकित्सा क्याम्पसका प्राडा. रोहित पोखरेल, इतिहास केन्द्रीय विभागका प्राडा. राजकुमार पोखरेल, महेन्द्ररन्त क्याम्पस, ताहाचलका प्राध्यापक अनुपकुमार श्रेष्ठ र त्रिविका प्रमुख कानुनी सल्लाहकारको कार्यालयका राजेन्द्र खनाल छन् ।

समितिलाई आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनसँग छलफल गरी रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

माघ १७ गतेदेखि विद्यार्थीले ४ बुँदे माग कलेज प्रशासनमा बुझाएर आन्दोलन थालेका थिए । आन्दोलनका क्रममा उनीहरुले कलेज, प्रशासन र अस्पतालको ओपिडी सेवा बन्द गराए । त्रिभुवन विश्वविद्यालय, जिल्ला प्रशासन कार्यालय र नेपाल मेडिकल काउन्सिलमा निवदेन बुझाए । तर मागबारे कुनै पक्षले गम्भीर रुपमा चासो नदिएको विद्यार्थीहरुको गुनासो छ ।

विद्यार्थीको ४ बुँदे मागमा कलेजले गैरकानुनी रुपमा उठाएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले जारी गरेको नीति नियम र निर्णय कार्यान्वयन हुनुपर्ने, विद्यार्थीले तिरेको सम्पूर्ण रकमको बिल उपलब्ध गराउनुपर्ने र विद्यार्थीले तिर्नुपर्ने शुल्कको विषयलाई लिएर परीक्षामा सहभागी हुन र परीक्षाफल हेर्नमा रोक लगाउन नहुने लगायत छन् ।

कलेजको पृथ्वीचोकस्थित अस्पतालमा दुईसाता अघि विद्यार्थीले लगाएको ताला फागुन १३ गते प्रशासनको आदेशमा स्थानीय प्रहरीले खुलाइसकेको छ । ओपिडी, रिसेप्सन, काउन्टर कक्षको ताला खुलाए पनि विद्यार्थी सोही स्थानमा भुइँमा बसेर रिले अनसन जारी राखेका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत विभिन्न विषयमा अध्ययनरत विद्यार्थीसँग वार्षिक ७५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म कलेजले बिना बिल असुल्दै आइरहेको प्रमाण समेत प्रशासनमा यस अगावै पेश गरिसकेका छन् । ठग्ने कलेजलाई नियमन गर्नुको साटो विद्यार्थीको मागलाई वेवास्ता गर्दै प्रशासनले अस्पताल खुलाएर विद्यार्थीको मुद्दा कमजोर बनाएको आरोप विद्यार्थीको छ ।

त्रिभुवन विश्वविद्यालयको अनुगमन निर्देशनालय र नेपाल मेडिकल काउन्सिलबाट छुट्टाछुट्टै अुनगमन टोली पोखरा आएर काठमाडौं फर्किसकेको छ । दुबै टोलीले अनुगमन पश्चात्तको प्रतिवेदन बुझाउने भनिएको भएपनि हालसम्म कुनै निष्कर्ष सार्वजनिक गरिएको छैन् ।

दुबै छानबिन समितिको रोहवरमा जिल्ला प्रशासन कास्कीले विद्यार्थी र कलेज प्रशासन बिच वार्ता गराएको भएपनि निष्कर्ष विहीन बन्दा कलेजमा उत्पन्न विवाद झनै पेचिलो बनेको हो । तर विद्यार्थी पेश गरेको विषयमा कलेज अध्यक्ष खुमा अर्यालले कानुन अनुसार नै अतिरिक्त शुल्क लिएको दाबी गर्दा यसअघि भएका सबै वार्ताबाट सहमति जुट्न नसकेको ह।

बढि लिएको शुल्क फिर्ता नभएसम्म परिक्षा समेत नदिने अडान राख्दै आएका विद्यार्थीले गएको आइतबारबाट सञ्चालन भएको एमबिबिएस तेस्रो वर्षको परीक्षामा जिएमसीका रेगुलर र पूरकका गरी ८६ विद्यार्थी सहभागि भएनन् ।

सांसद खगराज अधिकारीद्वारा कारवाहीको माग

पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले गण्डकी मेडिकल कलेजले सरकारले तोकेभन्दा बढि रकम विद्यार्थीबाट लिएको भन्दै कारवाही गर्न माग गरेका छन् ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको विशेष बैठकमा बोल्दै सांसद अधिकारीले ४२ लाखभन्दा बढि लिन नपाइने शिक्षण शुल्क ५२ लाखभन्दा बढि असुल्दै आएकोप्रति ध्यानाकर्षण गराए । चिकित्सा शिक्षा आयोगबाट अनुगमन गरी तत्काल कारवाहीको प्रक्रिया थाल्नुपर्ने उनको भनाई थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?