
काठमाडौँ – सरकारी अस्पतालमा कार्यरत डाक्टर आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।
देशभरका १४ सय सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवामा काम गरेका छैनन् । यसले गर्दा बिसामीको उपचार प्रभावित भएको छ ।
कर्मचारी समायोजन विधेयकमा आफूमाथि अन्याय भएको भन्दै विधेयक सच्याउनु पर्ने मागसहित सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
सेवा सुविधा दिएर सरकारी सेवाप्रति डाक्टरलाई आकर्षित गर्नु पर्नेमा झन निरुत्साहीत पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।
उनीहरुले बुधबार मनाईँदै गरेको स्वास्थ्य सेवा दिवस पनि बहिष्कार गरेका छन् ।