
भारतीय वायुसेनाको एउटा लडाकु विमान मिग २१ काश्मिरमा दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ।
काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढा गारेन्द गाउँमा भएको विमान दुर्घटनामा दुई जना पाइलटको ज्यान गएको भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
लडाकु विमान खेतमा खसेको, ठूलो आवाजसहित बिस्फोट भएको र त्यसलगत्तै आगो दन्केको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । मंगलबार भारतीय वायू सेनाको एक लडाकु विमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको थियो ।
भारत र पाकिस्तानबीच तनाव जारी रहेका बेला यो दुर्घटना भएको हो । पछिल्लो २० दिनमा भारतमा पाँचवटा विमान दुर्घटनाग्रस्त भएका छन् ।