
काठमाडौं-काठमाडौं मल व्यापार संघले मलका व्यवसायीलाई नहटाउन सञ्चय कोषलाई अपिल गरेको छ।
व्यापार संघले मंगलबार पत्रकार सम्मेलन गर्दै अझ प्रख्यात व्यापारिक केन्द्र बनाउनमा काठमाडौं मलमा व्यवसाय गरिरहेका व्यापारीको महत्वपूर्ण योगदान रहेको भन्दै यस्तो अपिल गरेको हो।
काठमाडौं मल व्यापार संघका अध्यक्ष सुषमा महराले भनिन्, ‘ठेकेदारहरु लामो समय नटिक्न सक्नु हाम्रो कमजोरी होइन, उनीहरुले नेन्डर हाल्ने समयमा मलको बारेमा सबै कुराको बुझेर हाल्नु पर्थ्यो। त्यसो नगर्ने बेफइदा हुँदा हामी व्यापारीलाई समस्यामा पार्ने काम गर्ने। त्यो हाम्रो समस्या होइन।’
मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नबनाउँदा मलको अवस्था अन्योलमा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको काठमाडौं मल व्यापार संघले जनाएको छ।
मलकी अध्यक्ष महराले ठेकदारसँग लामो समयको सम्झौता गरेर बसेका ब्यवसायको विचिल्लिको र डुबेका ब्यपारीहरुले केहि राहतको महसुस गर्न नपाउदैँ २१ दन भित्र व्यवसाय गरिरहेका ठाँउ खालि गर्न सञ्चयकोषले सुचनाम जारी गरेकोमा दु:ख व्यक्त गरिन्।
उनले भनिन्, ‘३ सय व्यवसायहरुको भविष्य यो मलसँग जोडिएको छ। उनीहरुले क्रृण लिएर व्यापार गरेका छन्। त्यो क्रृणको जिम्मेवारी कसले लिने? यस्तो समस्याले व्यवसायले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्छ।’
कमचारी सञ्चय कोषले व्यापारिक केन्द्रलाई व्यवस्थित र २०६२ सालदेखि व्यावसाय गरिरहेका व्यावसायीहरुको हितलाई मध्यनजर गरेर काम