मुख्यमन्त्रीसहित प्रदेश मन्त्रीहरुले भेटें अर्धचेत अवस्थामा रवीन्द्रका बाआमालाई

मुख्यमन्त्रीसहित प्रदेश मन्त्रीहरुले भेटें अर्धचेत अवस्थामा रवीन्द्रका बाआमालाई
+
-

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई भेटेका छन्।

मन्त्री अधिकारीको पोखरा ५ मालेपाटनस्थित निवासमा पुगि अर्धचेत भई ओछ्यानमा सुतिरहेको अवस्थामा बुबा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीलाई मुख्यमन्त्री गुरुङ सहित प्रदेशका अन्य छ मन्त्रीहरुले भेटेका हुन्।

बुधबार घटनापश्चात्त काठमाडौं लगिएका मन्त्री अधिकारीका बाआमा बिहीबार आज दिउँसो पुनः पोखरास्थित घरमा ल्याइएको छ। मन्त्री अधिकारीका बाआमालाई भेट्न मुख्यमन्त्री गुरुङ सहित प्रदेश मन्त्रीहरु किरण गुरुङ, हरि बहादुर चुमान, रामशरण बस्नेत, नरदेवी पुन, लेखबहादुर थापामगर, विकास लम्साल पुगेका थिए।

भेटपछि सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा मुख्यमन्त्री गुरुङले पर्यटन मन्त्री अधिकारीको निधनले समग्र देशलाई नै स्तब्ध बनाएको बताए।
कान्छा छोरा स्वराज पनि पोखरा आएका छन् । जेठा छोरा विराजलाई भने काठमाडौंस्थित फूपुको घरमा राखिएको आफन्तले बताए।पोखरास्थित निवासमा अहिले मन्त्री अधिकारीका शुभेच्छुक, आफन्त, पार्टी कार्यकर्ताहरुको भीड लागेको छ।

नयाँबजारमा श्रद्धान्जलि सभा, शव यात्रापछि रामघाटमा अन्त्येष्टि


गण्डकी प्रदेशको आकस्मिक आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रद्धान्जली दिन पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सभा व्यवस्थापन गर्ने भएको छ। बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारी सहित ७ जनाप्रति श्रद्धान्जली व्यक्त गर्दे शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

प्रदर्शनी केन्द्रमा शुक्रबार १२ बजेपछि ४ घण्टाका लागि श्रद्धान्जली सभा आयोजना गरिएको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

मन्त्री बस्नेतका अनुसार श्रद्धान्जली सभामा उप–प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री राजनीतिक सल्लाहकार विष्णु रिमाल सहितको टोली पोखरा आउने भएको जनाइएको छ।श्रद्धान्जली पश्चात्त रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टी गरिने भएको छ।नयाँबजारबाट महेन्द्रपुल, हस्पिटल चोक हुँदै शव यात्रा रामघाटसम्म पुग्ने जनाइएको छ।

राजकीय सम्मानसहितको अन्त्येष्टिको लागि मुख्यमन्त्री गुरुङले सुरक्षा निकायमा प्रमुखसँग समन्वय गरिसकेको मन्त्री बस्नेतले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?