
काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएको छ। उनलाई बिहीबार साँझ स्वास्थ्यमा समस्या देखिएपनि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ।
उनलाई बिहीबार अस्पतालमै राख्नु पर्ने चिकित्सकहरुले बताएको मन्त्री पुनजको निजी सचिवालयले जानकारी दिएको छ।
नर्भिक अस्पतालका डा. यादव भट्टसहितको चिकित्सक टोलीले मन्त्री पुनको उपचार गरिरहेको छ। डा भट्टका अनुसार मन्त्री पुनको ब्लड प्रेसर सामान्य रहेको तर मुटुको धड्कन केही तलमाथि भएको पाइएको छ।
मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानून मन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मा लगायत नेताहरू पनि अस्पताल पुगेका छन्।