आँसु नथामिएको सैनिक मञ्च टुँडिखेल

आँसु नथामिएको सैनिक मञ्च टुँडिखेल
+
-

काठमाडौँ— निर्धारित समयभन्दा अगावै शुक्रबार सैनिक मञ्च टुँडिखेल राष्ट्रपतिदेखि सर्वसाधारणले भिडले भरियो, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत सात जनालाई श्रद्धाञ्जली अर्पण गर्न। र, त्यो भिड प्रतिघण्टा बढ्दै गयो करिव साढे ११ बजेसम्म। आसुँ नझार्ने विरलै भेटिए त्यहाँ, कतिपय भक्कानिए।

तेह्रथुमस्थित सम्भावित चुहानडाँडा विमानस्थल अध्ययन गरेर पाथीभरा तीर्थको दर्शन गरी फर्कँदा हेलिकोप्टर दुर्घटना हुँदा दिवंगत संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, आन्तरिक विमानस्थल हेर्ने निर्देशक धुव्र भोछिभवा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेलाई श्रद्धाञ्जली दिन सुदुरपश्चिम कैलालीसम्ममा सर्वसाधारण उपस्थित थिए। सँगै नेपालीका सेनामा आवद्ध उनका साथीहरु पनि लाइनमा थिए श्रद्धाञ्जलीका लागि।

दुर्घटनामा महत्वपूर्ण व्यक्तिले जीवन गुमाएकोमा पश्चाताप सहभागीमा थियो नै, मुलुकको हवाइ सेवाको कमजोरस्थितिबारे पनि उनको गुनासो थियो।

पर्यटनमन्त्री रविन्द्र अधिकारीका परिवार र आफन्त अवाक देखिन्थे, पत्नी विद्या भट्टराईका आँसू रोकिएका थिएनन्। विशिष्ट व्यक्तिहरुको पनि बाक्लो भिड थियो। उनका दाइ एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहाकार राजन भट्टराई पनि बोल्न सक्ने अवस्थामा थिएनन् ।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारिक सदस्यहरु झनै भावविव्हल अवस्थामा  थिए। पर्यटन र उड्डयन क्षेत्रमा सफल मानिएका उनको अनुपस्थिति परिवार र आफन्तका लागि असह्य बनेको थियो। उनलाई श्रद्धाञ्जली दिन सोलुखुम्बुदेखि ताप्लेजुङका नागरिक ओर्लिएका थिए टुँडिखेलमा।

यस्तै उड्डयन क्षेत्रमा अब्बल मानिएका नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठलाई श्रद्धाञ्जली दिन भक्तपुरबाट अधिकांश सर्वसाधारण टुडिखेलमा जम्मा भए।

प्राधिकरणका आन्तरिक विमानस्थल हेर्ने निर्देशक धुव्र भोछिभवाप्रति भाव व्यक्त गर्नेहरुको पनि लर्को थियो।

हेलिकप्टर दुर्घटनामा निधन भएका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अगंरक्षक अर्जुन घिमिरेको परिवारका सदस्य पनि शोकमा थियो।

श्रद्धाञ्जलीका लागि चितवनबाट बिहीबार राजधानी आएका कृष्ण सिलवालले यस्ता कहाली लाग्दो दुर्घटनाले देशलाई ठूलो क्षति भएको बताए।

उनले भने, ‘सच्चा देशभक्त गुमाइयो। देश राइरहेको छ। तर शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन।’

नेकपाका नेता हरिबोल गजुरेलले थपे, ‘केही गरौँ भन्ने युवा मन्त्रीको निधन भयो। त्यसले मन्त्रीमण्डलमा स्वभावीक रुपमा असर पर्ने देखिन्छ।’

पर्यटन व्यवसायी राज्यलक्ष्मी शाक्यले आफू निशव्द बनेको बताइन्। राष्ट्रले यस्ता व्यक्ति पाउन धेरै संघर्ष गर्नुपर्ने उनको भनाइ थियो।

धनुषाबाट आएका रोहीदी मुखिया मुलुकमा बज्रपात परेको भन्दै भक्कानिए।

श्रद्धाञ्जली कार्यक्रममा भेटिएकी नेकपाकी सा‌सद शान्ता चौधरीले दुर्घटनापछि देश रोइरहेको अवस्थामा आफू स्तव्ध भएको बताइन् ।

उनले भनिन्, ‘केही कुरा गर्नसक्ने अवस्थामा छैन। देशलाई नै एकदमै ठूलो क्षति भएको छ। देशले एक होनहार जुझारु नेता वा गहना गुमाएको छ ।’

भोजपुरबाट योगमाया स्मृति प्रतिष्ठानको प्रतिनिधित्व गर्दै राजधानीमा पर्यटनमन्त्री अधिकारीलाई भेटन आएका बेला उनलाई श्रद्धाञ्जली दिनु पर्ने अवस्था आउँदा योगराज न्योपाने र मोहन कुमार बस्नेतको समूह पनि स्तब्ध थियो।

न्यौपानेले भने,‘ मुलुकको विकासका लागि जीवन समर्पित गर्दै गरेका युवा मन्त्री मुलुकले गुमाउनु विडम्बना हो।’

बस्नेतले थपे, ‘योगमाया लगायत स्मृति प्रतिष्ठानलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्ने मन्त्री अधिकारीको योजना थियो । तर दुर्घटनाले आघात पुगेको छ।’

श्रद्धाञ्जाली दिनका लागि पोखराबाट मन्त्री अधिकारीका बाल्यकालका साथीहरु समेत आएका थिए।

पोखराका लालशर्मा सुवेदी पोखरा विमानस्थललाई रविन्द्र अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गरियोस लेखिएको प्लेकार्ड सहित उभिएका थिए।

तर अन्तिममा राखिएका घिमिरेलाई बेवास्ता गरिएको गुनासो घटेको थिएन शुक्रबार पनि। कतिपयले भन्दै थिए, ‘जीवनको अन्तिम घडिसम्म मन्त्रीकै सेवामा रहेका सैनिकलाई पनि उनकै छेउमा राखेको भए के बिग्रिन्थ्यो र? उनको सेवाको अझ कदर हुन्थ्यो कि।’ यस विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरु पनि देखिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?