काठमाडौंका विद्यार्थीले आफै बनाएर उडाए ‘ड्रोन’

काठमाडौंका विद्यार्थीले आफै बनाएर उडाए ‘ड्रोन’
+
-

काठमाडौँ– काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफै ड्रोन बनाएर उडाएका छन्। विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा आफै विकास गरेको ज्ञानलाई प्रस्तुत गरेको हो।

बागमती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणको केन्द्र ड्रोन र रोबोट बनेका थिए। ड्रोन प्रविधि अहिलेको सबैको आकर्षण बनेको छ । ड्रोनमा विभिन्न खालका प्रविधि तथा सामानहरु जोडेर दैनिक जीवनका कामकाजदेखि उच्च सैन्य कार्यमा समेत प्रयोग गर्न थालिएको छ।

सोही प्रविधिलाई साहाराका विद्यार्थीले प्रस्तुत गरेका हुन्। ड्रोन प्रविधिलाई सरलिकृत गरी नेपालमै बनाउन सकिने सम्भावना साहाराका विद्यार्थीहरुले देखाएका छन्। प्रदर्शनीका क्रममा उनीहरुले अवसर पाए नेपालमै व्यवसायिक रुपमा ड्रोन निर्माण गर्न सकिने दाबी गरे ।

त्यसैगरी साहाराका विद्यार्थीहरुले एप कन्ट्रोल रोबोट र लाइन फ्लोइङ रोबोट पनि बनाएका छन् । स्मार्टफोनबाट चलाइने एप कन्ट्रोल रोबोटलाई दैनिक जीवनका काममा प्रयोग गर्न सकिने उनीहरु बताउँछन्। विश्वमा विकास भइरहेका रोबोटहरुको ब्रेन नै यही एप कन्ट्रोल रोबोट प्रविधि भएको उनीहरुको भनाई छ। पछिल्लो समय यस्ता रोबोटहरु रेस्टुरेन्टमा ग्राहकलाई सेवा गर्ने, ठूला ठूला तौलका सामानहरु उचाल्ने जस्ता कामकाजमा पनि प्रयोग गरिन थालिएका छन्।

त्यसैगरी प्रदर्शनीमा लाइट फ्लोइङ रोबोट प्रविधि पनि राखिएको छ। यो रोबोटलाई ठूला ठूला उद्योगहरुमा प्रयोग गर्न सकिने उनीहरु बताउँछन् । खासगरी ठूलो ठूलो तौलका सामानहरु उचाल्नका लागि यो रोबोट प्रयोग गरिन्छ । साथै घरहरुमा सरसफाई, होटेलहरुमा सामानहरु एक ठाउँबाट अर्को ठाउँमा सार्नका लागि पनि यो रोबोट प्रयोग गर्न सकिने उनीहरुले बताएका छन्।

त्यस्तै प्रदर्शनीमा आँखा देख्न नसक्ने व्यक्तिहरुका लागि प्रयोग गरिने ब्लाइन्ड स्टिक बनाउने विधि पनि विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । कुनै वस्तु अगाडि छ भने त्यसलाई छुने बित्तिकै लठ्ठीले सिग्नल दिने र प्रयोगकर्ता सचेत हुने गर्दछन्।

त्यसैगरी विद्यार्थीहरुले कार्वनडाइअक्साइड र हाइड्रोजन ग्याँस पनि बनाएर प्रस्तुत गरेका छन् । ठूलाठूला आगलागीका घटनामा कार्वनडाइअक्साड ग्याँसको प्रयोग गरिन्छ । त्यो प्रयोग गर्ने विधि पनि विद्यार्थीले प्रस्तुत गर्ने गरेका छन् । विभिन्न हाइड्रोकार्बन, ग्लिसिरिन, मिथाइल अल्कोहल, इथर आदि बनाउनका लागि हाइड्रोजन ग्याँसको प्रयोग गरिन्छ । जसको प्रयोग विधि पनि विद्यार्थीले देखाएका थिए।

ज्वालामुखी कसरी विष्फोट हुन्छ र त्यसको असर के हुन्छ भन्ने पनि प्रदर्शन गरिएको छ । त्यस्तै कपर प्लेटिङ, टेम्प्रेचर एण्ड ह्यूमडिटी सेन्सर, क्रिस्टलाइजेशन, ध्वनि र वायु प्रदुषण, वाटर साइकलको प्रदर्शनी पनि गरिएको छ । उद्योग कलकारखानाबाट उत्पन्न हुने विभिन्न ग्याँस तथा धुलोसँग मिसिएर आकाशबाट आउने पानीले मान्छेका साथै बोटविरुवाहरुलाई कसरी असर गर्छ भन्ने एसिड रेनका बारेमा पनि उनीहरुले प्रदर्शनीमा प्रस्तुत गरेका छन् ।

त्यसैगरी मुटुमा रक्तसञ्चार कसरी हुन्छ भन्ने प्रविधि पनि प्रदर्शनीमा समावेश गरिएको छ । रक्तसञ्चार प्रक्रियामा कस्तो अवस्था भएमा हृदयघात हुन्छ भन्ने पनि प्रदर्शनीमा देखाइएको छ ।

कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरु यस प्रदर्शनीमा सहभागी भएका छन् । जसमा सानासाना कक्षाका बालबालिकाले सजिलै बुझ्न सक्ने गरी चिडियाखाना, फलफूलका बगैचा, जंगली जीवन, जनावरका प्रकारहरुको नमूना पनि प्रस्तुत गरेका छन् । साथै उनीहरुले गाउँ र सहरको स्यान्ड मोडेल बनाएर त्यसको फरक देखाएका छन् ।

शुक्रबार गरिएको विज्ञान प्रदर्शनी राििष्ट्रय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले उदघाटन गरेका हुन् । विद्यार्थीहरुले नै बनाएको विद्यालयको भवनको स्यान्ड मोडेललाई बाँधिएको रिबन काटेर परीक्षा नियन्त्रक शर्माले विज्ञान प्रदर्शनीको उदघाटन गरेका हुन् । त्यसपछि मन्तव्य राख्दै शर्माले विद्यार्थीलाई विज्ञान र प्रविधिको ज्ञान तल्लो तहदेखि नै दिइनु राम्रो भएको बताए । साना साना बालबालिकालाई उच्च प्रविधिको ज्ञान दिएर साहाराले शिक्षामा सह्रानीय काम गरेको उनको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल देबेन्द्र बिक्रम भट्टराईले शिक्षालाई प्रविधिसँग जोडन तथा ब्यवहारिक शिक्षालाई प्राथमिकता दिन यो प्रदर्शनी गरिएको बताए । यसले विद्यार्थीको सिकाइलाई अझ मजबुत र व्यवहारिक बनाउने उनले विश्वास व्यक्त गरे । साहाराले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तकका अतिरिक्त फुटबल, मार्सल आर्ट, नृत्य, गायन, बाद्यवादनका कक्षाहरु पनि विद्यालयमै सञ्चालन गर्दै आएको छ ।

प्रिन्सिपल भट्टराईले साहारामा अन्तरक्रियात्मक विधिद्वारा विद्यार्थीको सिकाई प्रक्रियालाई व्यवस्थित गर्ने गरेको, विभिन्न प्रयोगात्मक कक्षाहरुमा जोड गर्दै ती प्रोजेक्टको प्रस्तुतिकरण गराउने गरेको बताए । त्यसले विद्यार्थीमा नेतृत्व क्षमता बढाउनुका साथै सिकाई प्रक्रिया पनि मजबुत बनाउने गरेको उनले आफ्नो अनुभव सुनाए ।

साहाराको विज्ञान प्रदर्शनीमा ३६ वटा फरक फरक प्रकृतिका स्टलहरु राखिएका छन्। जसमा उच्च प्रविधिका ड्रोन र मानिसको दैनिक कामकाजमा समेत सहयोग गर्ने रोबोटदेखि वातावरण विज्ञान, भौतिक र खगोल विज्ञान, प्रकृति विज्ञान र मानव शरिरका बनौटसँग सम्बन्धित प्रविधिहरु रहेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?