बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरुवा

बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरुवा
+
-

काठमाडौँ– कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन्।

एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए पनि दुई साता पहिले दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन्। मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ। युवकका दाजु औषधि किन्न भन्दै निस्के पनि त्यसपछि फर्किएका छैनन्।

मानसिक अस्पतालमै दुई महीना भर्ना भएका अर्का एक व्यक्तिलाई पनि उनका छोराले अस्पतालमै छाडेर सम्पर्कविहीन भएका थिए। काम देखाएर अस्पताल बाहिर निस्किएका उनी साँझसम्म नफर्किएपछि अस्पतालले खोजी गर्‍यो।

अस्पतालमा भएको नम्बरमा फोन गर्दा फोन बन्द रहेको थियो। एक महीना पहिले मात्रै बिरामीले दिएको ठेगानाका आधारमा सम्पर्क गर्दा फोन उठेन। उनी आफैँले दिएको ठेगानाका आधारमा परिवार फेला पारेर अस्पतालले अहिले उनलाई घर फर्काइदिएको छ।

मानसिक रोगका उपचारका लागि आफूसँगै ल्याएका आफन्तले छाडेपछि अलपत्र परेका तीन बिरामी अहिले अस्पतालमा छन्। महीनैपिच्छे दुई–चार बिरामी परिवारका सदस्य वा आफन्तले छाडेर अलपत्र हुने गरेको अस्पतालले जनाएको छ।

ती बिरामीको उपचार गर्दै आफन्तको खोजी गरिने प्रमुख कन्सल्टेन्ट साइक्या‍ट्रिस्ट अनन्त अधिकारीले बताए। उनका अनुसार साथमा लिएर आएका बिरामी छाडेर कुरुवा भाग्ने अस्पतालमा समस्याका रुपमा रहेको छ।

उनका अनुसार बिरामीका बुबाआमा, छोराछोरी, दिदीबहिनी, दाजुभाइलगायत नजिकैका आफन्तले नै उनीहरुलाई छाडेर भाग्ने गरेका छन्। लामो समयदेखि मानसिक रोग लागेका बिरामीलाई यहाँ छाडेपछि उपचार पनि हुने र फर्किएर पनि नआउने भन्ने सोच
रहेको उनले बताए।

अस्पतालले बिरामीको उपचार भएपछि उसलाई नै ठेगाना सोधेर आफन्तको खोजी गर्दै आएको छ। बिरामीले दिएको सूचनाका आधारमा प्रहरीमार्फत उनीहरुको घर खोजी गर्ने गरिएको उनले बताए।

अस्पतालमा कुरुवाले बिरामी छाड्ने समस्यासँगै बिरामी आफैँ अस्पतालबाट भाग्ने समस्या रहेको अस्पतालले जनाएको छ। बिरामीले आफूलाई केही नहुँदा पनि जबर्जस्ती बिरामी भनेको भन्दै भाग्ने गरेका छन्।

पचास शैयाको यो अस्पतालमा भर्ना हुन आउने बिरामीको चाप बढिरहँदा शैया कहिल्यै खाली नहुने अस्पतालले जनाएको छ। अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि अस्पताल आउँछन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष