द्वन्द्वमा श्रीमान् गुमाएकी गोमा अस्पतालमा छट्पटाउँदै, छोराद्वारा सहयोगको अपिल

द्वन्द्वमा श्रीमान् गुमाएकी गोमा अस्पतालमा छट्पटाउँदै, छोराद्वारा सहयोगको अपिल
+
-

धनगढी – २०५८ सालमा तत्कालिन माओवादीले अछाम आक्रमण गर्दा मृत्यु भएका प्रहरी जवान नृप बहादुर बोहोराकी श्रीमती गोमादेवी बोहोरा अहिले अस्पतालमा उपचारमा रहेकी छन् । उनका दुवै मृगौला शुकेर काठमाडौँ स्थित राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचार भइरहेको छ ।

बोहोरा २०७४ फागुन देखि अस्पताल भर्ना भएकी हुन् । लामो समयदेखि अस्पताल भर्ना भएकी उनको अहिले सम्म झण्डै नौ लाख खर्च भइसकेको छ । उनका छोरा सुवास बोहोराले भने–‘अहिले सम्म त जेनतेन खर्च बेहो¥यौँ, अब अस्पतालले थप १५ लाख जति चाहिने भनेको छ, पैसा नभएर खोज्दै छौँ ।’

प्रहरी जवान नृप बोहोराको मृत्यु पछि उनको परिवारमा श्रीमती, एक छोरा र छोरी मात्र रहेका छन् । पुख्र्याैली घर अछाम रहेका बोहोरा परिवार घरका मुख्य अभिभावकको मृत्यु पछि कैलालीको धनगढी उपमहानगरपालिका १ शिवनगरमा बस्दै आएका छन् ।

मृतकका छोरा सुवासले भने–‘घरमा कमाउने कोही छैन, आमा पनि लामो समयदेखि बिरामी भएर थला परेपछि घरमा निकै समस्या भएको छ ।’ सरकारका विभिन्न निकायमा आमाको उपचार सहयोगका लागि आग्रह गरिएको भएपनि अहिले सम्म कतैबाट सहयोग नपाएको नृपले दुखेसो गरे ।

‘आमाको काठमाडौँमा उपचार शुरु भएपछि यस बिचमा कुवेतबाट रमेश विक र एक जना अर्का दाईले १५ हजार सहयोग गरे, यसवाहेक कसैले कतैबाट सहयोग गरेको छैन ।’ अझै पनि विभिन्न सरकारी निकायमा उपचार सहयोगका लागि आग्रह गरिरहेको नृपले बताए ।

आइतबार धनगढी नगरपालिका १ शिवनगर स्थित शिव महिला समूहले समूहमा आबद्ध महिलाहरुबाट रकम संकलन गरि गोमादेबी वोहोराको उपचारका लागि २१ हजार ५ सय ५ रुपैयाँ उनका छोरा नृपलाई हस्तान्तरण गरेका छन् । महिला समूहकी अध्यक्ष लिला भण्डारीले भनिन्–‘आर्थिक अभावमा उपचारको पर्खाईमा रहेकी महिलालाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’

उनले गोमाको समस्या थाहा पाएपछि समूहका सदस्यहरुसँग सल्लाह गरि आर्थिक संकलन गरि हस्तान्तरण गरेको बताईन । यस्तै धनगढी १ केदार टोलमा रहेको प्रगति गरिबी निवारण महिला कोषबाट पनि बोहोरालाई ५ हजार सहयोग गरिएको छ । आइतबार कोषकी अध्यक्ष पुष्पा चौधरीले गोमाका छोरा सुवासलाई उक्त रकम हस्तान्तरण गरिन् ।

यी दुवै समूहले सहयोग गरेपछि गोमाका छोरा सुवासले आफ्नो आमाको उपचारका लागि थोरै भएपनि राहत हुने बताए । उनले सहयोगका लागि सबैलाई अपिल समेत गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?