दोहोरो नागरिकता लिने बाबुछोरा जेल चलान

दोहोरो नागरिकता लिने बाबुछोरा जेल चलान
+
-

पर्वत– झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ।

तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो।

दलबहादुरका छोरा मीनबहादुरले जिल्ला प्रशासन कार्यालय तनहुँबाट नेपाली नागरिकता लिएपछि पुनः जिल्ला प्रशासन कार्यालय पर्वतबाट झुट्टा विवरण लेखाई सुजन थापा नाम राखेर दोस्रो नागरिकता लिएका थिए।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट २०६३ जेठ ३ मा जारी भएको सुजन थापा नामको नागरिकताको प्रमाणपत्रसहित निज मीनबहादुर कुमाललाई २०७४ माघ १३ मा पर्वत प्रहरीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो।

उक्त विषयमा प्रहरीले सोधपुछ गर्दा निज कुमालले आफूले झुट्टा विवरण पेश गरी नागरिकता लिएको स्वीकार गरेपछि सोही प्रमाणका आधारमा कुमाललाई जिल्ला अदालत पर्वतबाट झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले मुख्य आरोपी मीनबहादुर कुमाललाई एक वर्ष दुई महीना कैद सजायसँगै रु २० हजार जरिवाना सजाय सुनाएको छ भने उनका बाबु दलबहादुरलाई एक वर्ष कैद सजायसँगै रु २० हजार जरिवाना र नागरिकता प्रमाणपत्र बनाउनका लागि सिफारिश गर्ने तत्कालीन पर्वत जिल्ला कुर्घा गाविसका सचिव पिताम्बर शर्मालाई १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

सोही घटनामा संलग्न रहेको आरोपमा पर्वत जिल्ला अदालतबाट मुद्दा खेपिरहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोपीकृष्ण ढुङ्गाना र नागरिकता फाँटका कर्मचारी लोकनारायण लामिछानेलाई अदालतले सफाइ दिएको छ। घटनाका आरोपित मीनबहादुर र दलबहादुर यसअघि नै कारागारमा पुर्पक्षका लागि थुनामा छन् भने तत्कालीन गाविस सचिव शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी निवृत्त भएका छन्। फाँटवाला लामिछानेको एक वर्षअघि नै मृत्यु भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?