
पोखरा – रसियन प्याराग्लाइडर दिमीट्रिफ स्टेप्निस नाम गरेका व्यक्तिको प्याराग्लाइडिङ गर्ने क्रममा मृत्यु भएको छ।
मंगलबार दिउँसो सराङकोट छेउ गोठादीबाट उडेका दिमीट्रिफ प्याराग्लाइडिङ अनियन्त्रित भई खसेका थिए। घाइते भएका उनको उपचारको लागि मेट्रोसिटी अस्पताल पुर्याउने क्रममा बाटैमा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएपी कोमल शाहले जानकारी दिए।
उनले फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीबाट सोलो उडानका लागि अनुमति लिएका थिए।
दुई दिन अघि रोमानियाका नागरिक ईड सिजरको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा फेवाताल मध्यभागमा खस्दा मृत्यु भएको थियो।
सोमबार दुई प्याराग्लाइडर जंगल र बिजुलीको तारमा अल्झिदा घाइते भएका थिए।