जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु
+
-

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मंगलबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। थापाको दमौली अस्पतालमा र घर्तीको पोखरास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

तनहुँ बन्दीपुर गाउँपालिका–३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वीराजमार्गबाट अन्दाजी ३० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा सोही ठाउँका ६० वर्षीया बेलीसरा थापा, ३५ वर्षीया मीरा थापा, ३५ वर्षीया लक्ष्मी पन्त, ५३ वर्षीय दलबहादुर सुनारी मगर, ६२ वर्षीय ओमबहादुर थापा, ५९ वर्षीया देवीमाया थापा, १८ वर्षीया खुममाया थापा, ३६ वर्षीय घनश्याम थापा, ३१ वर्षीया सावित्री थापा, ३२ वर्षीय कुमार बस्याल र ६५ वर्षीय होमबहादुर थापा घाइते भएका छन्।

घाइते सबैको रत्नहरि र दमौली अस्पतालमा उपचार भइरहेको छ। जिपको अगाडिको टायर पड्किएर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?