हावाबाट बढी क्षमताको विद्युत उत्पादन

+
-

सिन्धुली – सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा अहिले हावाबाट सफल रुपमा विद्युत उत्पादन भएको हो ।

त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिए ।

जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ ।

नेपाल सरकार तथा एसियाली विकास बंैकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ रुपैंया गरी कूल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिए ।

परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ । बिहान १० बजेपछि वायुको कम चाँप हुँदा विद्युत उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्य प्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्य प्रणाली निष्क्रिय भई हावाबाट मात्र ब्याट्री चार्ज हुने भएकाले यी दुवै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने उहाँको भनाई छ ।

अहिलेसम्म कै नेपालमा पहिलो पटक वायु र सौर्य प्रणालीबाट एकै स्थानमा विद्युत् उत्पादन गरिएको उनले बताए । हाबाबाट बिजुली उत्पादन गर्ने लक्ष्य अनुरुप देशका विभिन्न स्थानमा विद्युत् उत्पादन गर्ने कार्य भइरहे पनि सिन्धुलीमा अहिलेसम्मकै सबै भन्दा बढी क्षमताको विद्युत उत्पादन भएको हो ।

यसअघि मकवानपुर बागमति गाउँपालिका– ५ मा सबै भन्दा बढी क्षमताको भोर्लेनी वायु ऊर्जा प्रणालीबाट १५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको जिसस सिन्धुलीका वातावरणीय अधिकृत उपाध्यायले बताउनुभयो । यो परियोजनाबाट ८५ घरपरिवार लाभान्वित भएका छन् । रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?