सुदूरपश्चिम गएका गृहमन्त्रीले निर्मला प्रकरणबारे के भने?

सुदूरपश्चिम गएका गृहमन्त्रीले निर्मला प्रकरणबारे के भने?
+
-

धनगढी – गृहमन्त्री रामबहादुर थापा (बादल)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा प्रहरी निकायले कमजोरी गरेको बताएका छन् ।

‘बालिका हत्या घटनाबारे अनुसन्धान भइरहेको छ । यो घटनामा सरकार गम्भीर छ’ बुधबार धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री थापाले भने ‘सुरुमा सुरक्षा निकायको लापरबाहीका कारण अहिले अनुसन्धानमा जटिलता पैदा भएको छ । यो प्रकरणले पनि समय लिएको छ । सरकार छिटो भन्दा छिटो अपराधिलाई कानुनको कठघरामा ल्याउन लागेको छ ।’

उनले केही समूहको विस्फोटन र ध्वंसात्मक गतिविधीलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै भने ‘यसलाई मुलभुतमा नियन्त्रण गरेका छौँ ।’
गृहमन्त्री थापाले सिन्डीकेट अन्त्य भइसकेको पनि दाबी गरे । ‘सिन्डीकेट कानुनी रुपमा अन्त्य भइसकेको छ । यो फर्किने भन्ने कुरा आएन’ उनले भने ‘यसलाई व्यवस्थित र व्यवस्थापन गर्ने सम्बन्धमा केही कानुनहरु अलिकति बाँझिदा समस्या भएको छ ।’ उनले सिन्डीकेट सम्बन्धी केही कानुनहरु बन्ने क्रममा रहेको र बनिसकेपछि यो पूर्ण रुपमा अन्त्य हुने बताए ।

उनले सरकारले निर्माण व्यवसायीको सम्बन्धमा ठोस कदम उठाउने बताए । ‘ठेक्का लग्ने तर, निर्माण कार्यलाई अल्पत्र छाड्ने निर्माण व्यवसायी विरुद्ध सरकारले ठोस कदम लिन्छ,’ गृहमन्त्री थापाले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?