स्मार्ट सहरका लागि स्मार्ट पार्किङ !

स्मार्ट सहरका लागि स्मार्ट पार्किङ !
+
-

पोखरा-मुलुककै ठूलो महानगर पोखरामा विद्यमान अव्यवस्थित पार्किङ समस्यालाई निदान गर्नका लागि कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान)कास्कीले पहल थालेको छ। यहाँ आयोजित एक कार्यक्रममा क्यान कास्कीका पूर्वअध्यक्ष चण्डीप्रसाद अर्यालले सूचना प्रविधि (आइसिटी)को माध्यमबाट बजारको अस्तव्यस्त पार्किङलाई ‘एप’का माध्यमबाट व्यवस्थित गर्न सकिने धारणा सार्वजनिक गरे।

‘सवारी संख्या वर्षेनी १२ प्रतिशतको अनुपातमा बढ्दै गइरहेको छ । सडक पूर्वाधार पुरानै स्वरुपमा छन्,’ उनले भने, ‘समयमै सहज किसिमबाट प्रविधिको प्रयोग गर्दै मुख्य सडक र चोकहरुमा पार्किङ समस्याको समाधान नभए भोलिका दिन अझ बढी असहज हुनेछ।’

युरोप, जापान र अमेरिकाकै प्रविधि जस्तो तत्काल यहाँ प्रयोगमा ल्याउन नसकिए पनि उपलब्ध प्रविधि उपकरण मार्फत पार्किङ व्यवस्थापन गर्न सकिने सम्भाव्य रहेको उनले सुनाए।

महानगर भित्र सवारी पार्किङका लागि क्यानले एपमा तिन किसिमका पार्किङ जोनको पहिचान गर्ने भएको छ। हरियो, निलो र पहेँलो अकिंत पार्किङ जोनका लागि उपभोक्ताले अनलाइन मार्फत स्पेस हेरी सुविधा लिन सक्नेछन्।

कम व्यस्त सडक र क्षेत्रलाई हरियो रङ, केही व्यस्त सडक र क्षेत्रलाई निलो र धेरै व्यस्त क्षेत्रलाई पहेँलो रङ अंकित जोनमा परिभाषित गरिएको छ । पार्किङका लागि क्षेत्र हेरेर शुल्क निर्धारण गरिने छ । प्रारम्भिक अध्ययनका लागि क्यानले पोखरा उद्योग वाणिज्य संघ, महानगरपालिका र सम्बद्ध यातायात कार्यालय सहितका निकायसँग सहकार्य गर्ने भएको हो ।

प्रविधिको प्रयोगमा जबसम्म नागरिकहरुले दख्खल राख्दैनन् तबसम्म परिवर्तन ठोस रुपमा देखा नपर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए। प्रविधि प्रयोगमा नागरिकहरु आजपनि अन्य मुलुकको तुलनामा पछाडि नै रहेकोले यसको प्रयोगबारे जानकारी नै पहिलो चरणको महत्वपूर्ण चुनौति रहेको सुनाए। पार्किङ महानगरलाई पनि टाउको दुखाई भएकाले क्यानले तयार गर्ने अनलाइन पार्किङ सिस्टम आवश्यक भइसकेको जनाए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले सडकमा पार्किङकै कारण हुने सम्भावित घटना न्यूनिकरणका लागि स्मार्ट पार्किङको व्यवस्था प्रभावकारी हुने बताए।

प्रविधिको प्रयोग र सुरक्षा चुनौती


प्रविधिको प्रयोगले विश्वलाई साँघुरो क्षेत्रमा सिमित त गरेको छ तर त्यससँगै जोडिएका चुनौतीसँग जानकार नहुँदा दिनप्रतिदिन समाजमा घटना भइरहेका छन् ।

प्रविधिको सही सदुपयोग मार्फत दैनिकी सहज बनाउन र सम्भाव्य घटनाहरुलाई न्यूनिकरण गर्नका लागि यहाँ अन्तरक्रिया गरिएको छ। प्रयोगमा आएका प्रविधि र भविष्यमा विकास हुने सम्भावित प्रविधि उपकरणबारे सोचवेरकी प्रमुख कार्यकारी निर्देशक ईडा रिजालले जानकारी गराइन्।

कार्यक्रममा नेपाल सरकारका आइटी विभाग एक्सपर्ट चिरञ्जीवी अधिकारीले प्रयोगमा आएका प्रविधिले ल्याएका चुनौतीबारेमा चर्चा गरे । ईमेल, सामाजिक सञ्जाल र अन्य इन्टरनेटसँग सम्बन्धित डाटाहरु कसरी ह्याक हुन्छन् भन्नेबारे जानकारी दिए। साइबर क्राइमको सुरक्षा सर्तकता अपनाउनु पर्ने विधिबारे उनले सुझाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?