मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा शुरु

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा शुरु
+
-

जनकपुरधाम- मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा शुरु भएको छ।फागुन कृष्णपक्षको औंसी देखी शुरु हुने मिथिला मध्यमा परिक्रमामा बुधबार साँझ देखी शुरु भएको हो।

पक्रिमामा सहभागी हुन हजारो श्रद्धालु जनकपुर पुगि सकेका छन्। मिथिलाको महाकुम्भ मानिएको मिथिला मध्यमा परिक्रमाको पहिलो दिन श्रद्धालुहरुले जनकपुरको हनुमानगढीमा विश्राम गर्दछन् भने परिक्रमा मिथिला विहारीको ‘डोला’ घुम्न शुरु भए संगै शुरु हुन्छ।

भोली प्रतिपदा तिथिमा भारतको पुगेपछि परिक्रमाको औपचारिक शुरुवात हुन्छ। १५ दिने मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका श्रद्धालुहरु सहभागि हुने गर्दछन्।

परिक्रमामा सहभागि हुँदा १०८ तिर्थ बराबरको फल प्राप्त हुने जनविश्वासले हजारौंको संख्यामा मान्छे मिथिला परिक्रमामा सहभागी हुन्छन्।

मिथिला बिहारी(रामजानकी) को डोलासंगै श्रद्धालुले गर्ने परिक्रमामा नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर सहित कुल १ सय ३३ किलोमिटरको यात्रा गरिन्छ।

परिक्रमाको प्रारम्भ


परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख नरहेपनि भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवको परिक्रमा गरिएको जनविश्वास छ र यही जनविश्वासका आधरामा मिथिलाञ्चलमा पर्ने महादेवमन्दिरतथा शिवालयको परिक्रमा गर्ने गरिन्छ।

मध्यमा परिक्रमालाई मिथिलाञ्चलमा एउटा उत्सवको रुपमा मनाउने गरिएको छ।

यस परिक्रमामा खासगरी आफ्नो अराध्य देव र देवी तथा पुण्य भूमिको यात्रा गरिन्छ । परिक्रमामा मुख्यतः रामजानकीको डोलाले मिथिलाको परिक्रमा गरेको जनविश्वास छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?