
काठमाडौं-साना तथा मध्यम व्यापारीका लागि नविल बैकले पहिलो पटक सजिलो कर्जा ल्याएको छ।
नबिल बैंक र युकेऐड सक्षमसँग साझेदारी गरेर साना तथा मझौला व्यापारीका लागि सजिलो कर्जा ल्याएको छ।
नविल बैंकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। साढे १० प्रतिशतमा साना व्यापारीहरुलाई कर्जा प्रवाह गर्ने भएको छ।
नविल बैंकका कार्यकारी प्रमुख अनिल केशरी शाहले भने ‘साना तथा मझौला व्यापारीका लागि यो सुनौलो अवसर हो। यस योजनाले साना उद्यमीका लागि धरै फाइदाजनक हुनेछ।’
उनले भने ‘बैंकले अहिलेसम्म कपोरेट क्षेत्रमा ऋण दिदै आएका थियौं। तर अब भने साना व्यापारीलाई मध्यनजर गरेर यो योजना ल्याएका छौ।’
बैंकले ७ अर्बको रुपैयाँ साना तथा मझौला व्यापारीका लागि छुट्याएको बताए। उक्त रकम १८ महिना भित्र साना तथा मझौला व्यापारीलाई कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ।