राष्ट्रिय सभा उम्मेदवार थापाको उम्मेदवारी खारेज

राष्ट्रिय सभा उम्मेदवार थापाको उम्मेदवारी खारेज
+
-

पोखरा-राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका ४ नम्बर प्रदेशका वाम गठबन्धनतर्फका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ। उम्मेदवारी दर्ताका बेला तोकिएको ढाँचामा कागजपत्र नपुगेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उनले एमालेतर्फबाट अपाङ्गता भएकाको कोटामा उम्मेदवारी दिएका थिए । उनले पेश गरेको अपाङ्गताको परिचयपत्र नयाँ निर्र्दे्शिका अनुसार नभएकाले खारेज गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा प्रमुख गंगालाल सुवेदी जानकारी दिए ।

उनले समाज कल्याण मन्त्रालयबाट २०५७ को निर्देशिका अनुसार २०६२ साल असार ३ गते अपाङ्गता परिचयपत्र लिएका थिए।तर २०६५ मा नयाँ निर्देशिका आएपछि उनको परिचयपत्र फेरिएको थिएन। प्रतिष्पर्धी काँग्रेस उम्मेदवार प्रकाश पन्थले परिचयपत्र नभएको भनि उजुरी दिएपछि निर्वाचन आयोगले छानविन थालेको थियो।

आयोगको निर्देशन पनि उनले मनोनयन पछि मात्रै नयाँ परिचयपत्र पेश गरेका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ। थापाले माघ १२ गते मात्रै जिल्ला प्रशासनबाट नयाँ परिचयपत्र ल्याएर आयोगमा पेश गरेका थिए।

 

सम्बन्धित समाचारहरु…

एमालेका थापाको उम्मेदवारी रद्द, पार्कीको कायमै

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?