‘हचुवामा शहीद घोषणाले सच्चा शहीदप्रति अपमान’

+
-

काठमाडौँ-शहीद सप्ताहको दोस्रो दिन आज काठमाडौँ महानगरपालिकाले धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेको छ।

आजकै दिन धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको काठमाडौं सिफल उकालोमा आयोजना गरिएको श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । सो अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शहीदको सपना पूरा गर्न अब सामाजिक र विकासका आन्दोलनमा सक्रिय हुनुपर्ने बताए।

उहाँले पछिल्लो समय जुनसुकै कारणले मृत्यु भएका मानिसलाई शहीद घोषणा गरेर वास्तविक शहीदप्रति अपमान भएको बताए। शहीद सप्ताह मूल समारोह समितिका संयोजक समेत रहनुभएका शाक्यले शहीद घोषणा गर्न देश र नागरिक स्वतन्त्रताका लागि सहादत गरेको व्यक्तिलाई शहिद घोषणा गर्नुपर्नेमा जोड दिए।

उनले नागरिक पराधीन भएका बेला कसैले सत्तामा बसेर त कसैले सत्ताबाहिर बसेर आन्दोलन गरेको स्मरण गर्दै, त्यही आन्दोलनले गणतन्त्रसम्म पुर्‍याएको बताए। ‘माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उनलाई नपुग्दो केही थिएन । उहाँ दरबारभित्रैको पहुँचवाला हुनुहुन्थ्यो, प्रमुख शाक्यले भने,’ उहाँले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र सम्पन्‍नतालाई महत्व दिए। त्यसैले अहिले प्राप्त भएको राजनीतिक उपलब्धिमा धर्मभक्तको योगदान शब्द वर्णन गर्न कम हुन्छ।’

कामपाका उपप्रमुख एवं शहीद सप्ताह मूल समारोहकी उपसंयोजक हरिप्रभा खड्गी श्रेष्ठले शैक्षिक पाठ्यक्रममा राखेर शहीदको वास्तविक योगदान प्रवद्र्धनमा योजना अघि बढाउने प्रतिबद्धता जनाए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमाले शहीद शब्दको अपव्याख्या भएकाले यसको वास्तविकता जोगाउन विद्यालयस्तरीय अध्ययन/अध्यापनको आवश्यकता रहेको बताए।

सो अवसरमा महानगरको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले, पदीय दायित्वबमोजिमको जिम्मेवारीले मात्र शहीदको सपना पूरा हुनेमा जोड दिए। तत्कालीन राणाशासनको सरकारले धर्मभक्त माथेम १९९७ साल माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याइएको थियो ।

विसं १९६६ आश्विन १ गते काठमाडौँको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्युदण्ड दिइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?