
मनाङ – हिम पहिरोमा परेर मनाङमा एकजना ट्रेकिङ्ग गाइडको ज्यान गएको छ । धादिङका ट्रेकिङ्ग गाइड अन्दाजी २५–२६ वर्षका अजय ढकालको हिउँ पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
ढकालको शव शुक्रबार बेलुका फेला परेको र पोष्टमार्टमका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ढकालसँगै गएका पर्यटक भने बेपत्ता छन् ।
बेपत्ता रहेका पर्यटक नेरदल्याण्डसका रहेको खुलेको छ । भिनसेन्ट ब्लुम नाम गरेका पर्यटक हराइरहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ढकाल र ब्लुम अन्नपूर्ण पदयात्रामा निस्केका थिए ।