
युभेन्टस इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा किएभोलाई २–० ले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
पहिलो हामै किएभो १० खेलाडीमा सीमित भए पनि भ्रमण टोली युभेन्टसले गोल गर्न सकेन । ३७ औँ मिनेटमा बास्टिएन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि किएभो १० खेलाडीमा सीमित भयो ।
६१ औँ मिनेटमा काकिएटोरी सीधै पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि किएभो ९ खेलाडीमा सीमित भयो । युभेन्टसले त्यसपछि दुई गोल ग¥यो । ६७ औँ मिनेटमा सामी खेदिराले गोल गर्दै युभेन्टसले अग्रता लियो ।
८८ औँ मिनेटमा गोन्जालो हेगुइनले गोल गरेपछि युभेन्टस २–० ले विजयी भयो । जितपछि २२ खेलबाट ५६ अंक जोडेको युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको नापोलीको ५४ अंक छ । नापोलीले आइतबार राति बोलोग्नासँग खेल्दैछ । यो खेलमा जितेमा मात्रै नापोली फेरि शीर्ष स्थानमा उक्लिने छ ।