काठमाडौं – देशभरको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी पहाडी क्षेत्रमा अहिले पनि आंशिक बदली रहेको र पश्चिमको पहाडी क्षेत्रमा बेलुका तिर आंशिक बदली हुने सम्भावना भने देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तर पानी पर्ने र पूर्ण बदली हुने सम्भावना भने नरहेको उनले बताए ।
देशका अधिकांश क्षेत्रको मौसम सफा रहेको छ । पूर्वी तराईमा हुस्सु कम हुँदै गए पनि अहिले मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु लागेको छ । तर दिउँसो हुस्सु हटेर मौसम सफा हुने अनुमान रहेको मौसमविद अर्यालले बताए । य
स्तै केही दिनदेखि न्युनतम तापक्रम बढ्ने क्रममा रहेको तर शनिबार राति भने आकाश खुला भएकाले केही घटेर चिसो भएको उनले बताए ।
शनिबार राति काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २.५ डिग्रिमा झरेको थियो । तर अब बिस्तारै न्युनतम तापक्रम पनि बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।