राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारवाही गर्नुपर्ने निष्कर्ष

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारवाही गर्नुपर्ने निष्कर्ष
+
-

काठमाडौँ – संसदीय समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले आइतबार समितिमा पेश गरेको अध्ययन प्रतिवेदनमा जथाभावी निर्णय लिएको आंंैल्याउँदै सो प्रतिष्ठानका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने उल्लेख गरिएको हो ।

प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देेशन तथा ऐन, कानुनको समेत पालना नगरी जथाभावी काम गरेकाले कार्वाही गर्नुपर्ने निष्कर्षसहितको अध्ययन प्रतिवेदन समितिमा बुझाइएको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी दिए ।

उपसमितिले स्थलगत रुपमा अध्ययन गरी तयार पारको प्रतिवेदनमा सिनेटको निर्णय अनुसार सो प्रतिष्ठानले नियमावली समेत नबनाई कर्मचारी नियुक्ती गरेको पनि उल्लेख गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी ढंगले कर्मचारी नियुक्त गर्नेलगायतका काम गरेको जनगुनासो बढेपछि समितिले सो सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको हो ।

उपसमितिले विना कानुनी आधार कर्मचारी नियुक्त गर्ने, नयाँ प्राध्यापकहरु राख्ने लगायतका गैरकानुनी काम प्रतिष्ठानका पदाधिकारहरुबाट भएको निष्कर्ष सहितको प्रतिवेदन समितिलाई बुझाएको छ ।

प्रतिवेदनमा सरकारको निर्देशनको समेत सो प्रतिष्ठानले पालना नगरेकोमा आपत्ति जनाइएको छ ।

समितिकी सभापति जयपुरी घर्तीले उपसमितिले तयार पारेको सो प्रतिवेदनमाथि अध्ययन गरी समितिले सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने जानकारी दिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष