
चितवन – चितवनको टाँडीमा आइतबार बिहान भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले रत्ननगर नगरपालिका–१० टाँडीमा बिहान सवा ५ बजे पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
ज्यान गुमाउने अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको पहिचान हुन सकेको छैन । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ भने शव जिल्ला अस्पताल भरतपुरमा राखिएको प्रहरीले जनाएको छ ।