
कैलाली – कैलालीको धनगढीबाट भालुको पित्त र अन्य जडिबुटीसहित एकजना पक्राउ परेका छन् ।
प्रहरीको क्षेत्रीय अनुसन्धान समूहले जुम्ला सुनिगाउँ–८ का ६५ वर्षका सुनम धिताललाई भालुको पित्त र जडिबुटीसहित धनगढीबाट पक्राउ गरेको हो ।
उनलाई धनगढी उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । धितालको साथबाट ७० ग्राम भालुको पित्तसहित, रक्तचन्दन, पदमचाल, कुटुकी, सतुवा, हिङ, निलबिसी र शिलाजित लगायतका जडिबुटी बरामद भएको छ ।
धिताललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।