सोसल मिडिया पुरस्कार, २०१९ को लागि आवेदन सुरु

सोसल मिडिया पुरस्कार, २०१९ को लागि आवेदन सुरु
+
-

काठमाडौं- दक्षिण एसियाली मुलुकहरुमा सामाजिक सञ्‍जालमार्फत समाजका विभिन्‍न क्षेत्रमा सशक्तिकरण गर्नेहरुको लागि सोसल मिडिया पुरस्कार, २०१९ को लागि आवेदन सुरु भएको छ ।

सामाजिक क्षेत्रमा योगदान गर्दै आएको संस्था फोरम फर डिजिटल इक्वालिटिले काठमाडौंमा पत्रकार सम्‍मेलन गरेर सो जानकारी दिएको हो।

फोरम फर डिजिटल इक्वालिटी नेपालका निर्देशक एवम् अधिवक्ता बाबुराम अर्यालले भने, ‘ हामीले ब्लगिङ, भिडियो ब्लगिङ तथा स्टोरी टेलिङ, सिटिजन मिडिया तथा जर्नालिज्म, समुदाय परिचालन , संचार, जनवकालत तथा विकासका लागि क्रियाशिलता, सामाजिक वाणिज्य, क्राउड सोर्सिङ तथा क्राउड फण्डिङ समेत गरी विभिन्‍न ६ विधामा पुरस्कारको पहल गर्नेछौ।’

उनका अनुसार दक्षिण एसियाका ८ वटै देशका सोसल मिडियालाई आफ्नो गतिविधिको लागि मञ्चको रुपमा प्रयोग गर्ने व्यक्ति, सरकारी, गैरसरकारी वा नीजि संस्था, विद्यार्थी, शिक्षक, किसान, नवोदित कम्पनी (स्टार्टअप), मोबाईल एप विकासकर्ता, बजार विज्ञ समेतले यस पुरस्कारकोलागि प्रतिष्पर्धा गर्न सक्नेछन्।

यसका साथै त्यस्ता सोसल मिडिया प्रतिष्पर्धामा रहन निवेदनको समय भन्दा कम्तीमा पनि ६ महिना देखि प्रयोगमा आएको हुनुपर्ने उनको भनाई छ। उनले भने, ‘ निवेदनको समय भन्दा कम्तीमा पनि ६ महिना देखि प्रयोगमा आएको हुनुपर्छ। हामीले हाल दक्षिण एसियाका ८ वटै देशका पहलहरुले प्रतिष्पर्धा गराउँदै आएका छौ।’

उनले फेब्रुअरी १२, २०१९ बाट सुरु भएको अनलाईन आवेदन एसएमफोरइ डट ओआरजी मार्फत मार्च २५, २०१९ सम्म पेश गर्न सकिने बताए।

यसका साथै पुरस्कारको प्रतिष्पर्धामा सामेल हुनको लागि कुनै खास प्रविधि , लागत वा च्यानल हुनु आवश्यक नपर्ने उनको भनाइ छ । तर, विगतका वर्षहरुको विजेताहरुले यस वर्षकोलागि प्रतिष्पर्धा गर्न नसक्ने उनले बताए।

उनले भने, ‘ आवेदन सकिएको मितिदेखि नै छनौटको प्रक्रिया शुरु भई अप्रिल २०, २०१९ मा हुने ग्राण्ड जुरीले प्रतिष्पर्धीको मुल्याँकन गर्नेछन् । सबै प्रकारको मुल्याँकन पश्चात जुन ७, २०१९ मा सूचना प्रविधि सँग सम्बन्धित विज्ञ, व्यवसायी, अभियन्ता तथा नीति निर्माताहरु समेतको सहभागितामा विजेताको घोषणा गरिनेछ।’

विकास तथा सशक्तिकरणकोलागि सोसल मिडियाको मञ्च प्रयोग गर्ने अभियन्ताहरुलाई सम्मान गर्न सन् २०१३ देखि नयाँ दिल्ली स्थित डिजिटल इम्पावरमेन्ट फाउण्डेशनले शुरु गरेको यस पुरस्कारको आयोजनामा नेपालको तर्फबाट फोरम फर डिजिटल इक्वालिटिले कन्ट्री पार्टनरको रुपमा सहकार्य गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?