
काठमाडौं-ललितपुरस्थित जावलाखेलमा ‘फरिया घर’ सञ्चालनमा आएको छ। फरिया घर विशेष गरी महिलाहरुलाई लक्षित गरेर खोलिएको हो।
उक्त फरिया घरको नायिका विपना थापा, निर्देशक कलाकार दिपाश्री निरौला र सञ्चारकर्मी बबिता बस्नेतले उद्घान गरे।
यस फरिया घरमा साडी, कुर्ता, टप्स्, जुत्ता र ब्याग राखेको फरिया घरकी सञ्चालिका तथा वरिष्ठ ब्युटिसियन मिना न्यौपानेले बताइन्। उनले भनिन्, ‘फरिया घरको उद्धघाटनको अवसरमा २० प्रतिशतको छुटको व्यवस्था गरिएका छ। महिलाहरुलाई सबै एकै ठाँउमा सस्तो र राम्रो समान उपल्बध गराउने उद्देश्यले फरिया घर सञ्चालनमा ल्याएका हौ।’
उक्त कार्यक्रममा पुर्व सभासद मदन अमात्य, उदय शम्शेर राणा लगायतको उपस्थिति थियो।