
बालबालिकाको नाकमा रहेका ब्याक्टेरिया र भाइरसको अध्ययनबाट फोक्सोमा हुने गम्भीर संक्रमणको उपचारका लागि उपाय थाहा पाउन सकिने नयाँ अध्ययनले देखाएको छ ।
पाँच वर्षुमनिका बालबालिकामा फोक्सोमा हुने संक्रमण मृत्युको प्रमुख कारण मध्ये एक हो । नाकमा हुने ब्याक्टेरिया तथा भाइरसको परीक्षणबाट फोक्सोसहित स्वासप्रस्वास सम्बन्धी समस्याको उपचारका सहयोग मिल्ने अनुसन्धानमा संलग्नले बताएका छन् ।
अनुसन्धानकर्ताका अनुसार ब्याक्टेरिया तथा भाइरसको अध्ययनबाट बालबालिकामा हुन सक्ने फोक्सोको इन्फेक्सनका बारेमा पनि थाहा हुन सक्छ । यसले फोक्सोमा हुने गम्भीर खालको संक्रमण रोकथाम गर्न सहयोग गर्छ ।
बेलायतको युनिभर्सिटी अफ एडिनबर्गका अनुसन्धानकर्ताले गरेको अध्ययनमा संक्रमणको गम्भीरताका बारेमा पनि थाहा हुने देखिएको छ ।
बालबालिकामा फोक्सोको संक्रमणको असर गम्भीर पर्ने र नयाँ अध्ययनले संक्रमणको अवस्था आंकलन गरि उपचारमा सहयोग गर्ने देखिएको अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ एडिनबर्गका प्राध्यापक डेब्बी बोगाएर्टले बताएका छन् ।