
काडमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले चैत ४ र ५ गते दुई दिने राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
‘पहुँच बाहिर परेकालाई समेट्ने’ भन्ने मूल नाराका साथ सोमबारदेखि काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा सम्मेलन हुने भएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्वारा उद्घाटन गरिने सम्मेलनमा २४ मौखिक प्रस्तुतीकरण, २८ वटा पोस्टर प्रस्तुित र चार वटा प्लेनरी सत्रहरु समावेश हुनेछन्।
सम्मेलनमा परिवार नियोजन सेवाको पूर्ति, माग, सेवाको पहुँच विस्तार, पहुँचमा नआएकालाई कसरी समेट्ने लगायतका विषयमा छलफल हुनेछ।
साथै आगामी दिनमा परिवार नियोजनको प्रयोग दर बढाउन अपनाउनु पर्ने रणनीतिका बारेमा समेत छलफल हुने महाशाखाका प्रमुख आर.पी.विछाले जानकारी दिएका छन्।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ४३ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको पाइएको छ।