बार्सिलोना हारबाटा जोगियो, मेस्सीको निर्णायक गोल

बार्सिलोना हारबाटा जोगियो, मेस्सीको निर्णायक गोल
+
-

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना पहिलो हाफमा पछि परेर पनि विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई २–१ ले हराएको हो ।

२३ औँ मिनेटमा जोन गुडेट्टीले गोल गरेपछि पहिलो हाफमा एलाभेसले १–० अग्रता लियो । लिभरपुलबाट यहि जनवरीमा क्लबको कीर्तिमानी मूल्यमा बार्सिलोना आएका फिलिप कोन्टिन्होले यो खेलमा क्याटलान क्लबबाट ला लिगामा डेब्यु गरे ।

पहिलो हाफमा पछि परेको घरेलु टोली बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्‍यो र नतिजा आफ्नो पक्षमा पा रर्‍यो । ७२ औँ मिनेटमा लुइस स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

खेल सकिन ६ मिनेट बाँकी हुँदा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । जितपछि शीर्ष स्थानको बार्सिलोनाको २१ खेलबाट ५७ अंक भएको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ तथा चौथो स्थानको रियल मड्रिड भन्दा १९ अंकले अघि रहेको ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लास पालमसलाई ३–० तथा लेगानेसले स्पानियोललाई ३–२ ले हरायो । सेभिल्ला र गेटाफेले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?