
काठमाडौं – काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।
बा ९० प ६४६ नम्बरको मोटरसाइकलले आइतबार बेलुका ८ बजेतिर ठक्कर दिँदा बानेश्वर बस्दै आएका दोलखाका ५० वर्षे ध्रुब कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्कारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले पक्रेको छ ।