शिक्षामन्त्री पोखरेलको अस्पताल बसाइ लम्बियो

शिक्षामन्त्री पोखरेलको अस्पताल बसाइ लम्बियो
+
-

काठमाडौँ — ‘फुड प्वाइजेनिङ’ लगायत स्वास्थ्य समस्या देखिएपश्चात पाटन अस्पतालमा भर्ना भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलेको अस्पताल बसाई लम्बिने देखिएको छ।

असामान्य महसुस गरेपछि बानेश्वरस्थित भरोसा अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका मन्त्री पोखरेल चिकित्सकको सुझावअनुसार पाटन अस्पतालमा पुगेर भर्ना भएका थिए।

मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेकाअनुसार अस्पतालका डा. पारशकुमार आचार्यको नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ।

अस्पतालको मेडिकल वार्डमा भर्ना भएका मन्त्री पोखरेलको कमजोरी नघटेको अनि सबै रिपोर्ट आइनसकेकाले डिस्चार्जको समय निश्चित नभएको न्यौपानेले बताए।

सुगरको औषधि सेवन गर्दै आएका मन्त्री पोखरेलले बढी दौडधूप गर्दा स्वास्थ्य समस्या झेल्दै आएका छन्।

शुक्रबार मन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बुटवल जाने कार्यक्रम तय भएको थियो।

अस्पताल बसाइ लम्बिएपछि उनी प्रधानमन्त्री ओलीसँग कार्यक्रममा जान सकेनन्।

पछिल्लो पटक उनी विवादमा मुछिएको गण्डकी मेडिकल कलेजको अध्ययन सकेर राजधानी फर्किएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष