तीन दिनको अस्पताल बसाईपछि शिक्षा मन्त्री पोखरेल ‘डिस्चार्ज’

तीन दिनको अस्पताल बसाईपछि शिक्षा मन्त्री पोखरेल ‘डिस्चार्ज’
+
-

काठमाडौँ–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेल तीन दिनको अस्पताल बसाईपछि शनिबार साँझ डिस्चार्ज भएका छन्। अति आवश्यक काम बाहेक केही दिन घरमै आराम गर्न सुझाव दिँदै डिस्चार्ज गरिएको मन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ।

आफ्नो उपचारमा संलग्न डा. दिनेश चन्द्र पोखरेल, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत कुमार यादव लगायत पधादिकारी, प्रा.डा. पारस कुमार आचार्य, नर्स लगायत अस्पताल परिवारलाई उनले धन्यवाद दिएका छन्।

‘फुड प्वाइजेनिङ’ लगायत स्वास्थ्य समस्या देखिएपश्चात उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो।

असामान्य महसुस गरेपछि बानेश्वरस्थित भरोसा अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका मन्त्री पोखरेल चिकित्सकको सुझावअनुसार पाटन अस्पतालमा पुगेर भर्ना भएका थिए।

सुगरको औषधि सेवन गर्दै आएका मन्त्री पोखरेलले बढी दौडधूप गर्दा स्वास्थ्य समस्या झेल्दै आएका छन्। पछिल्लो पटक उनी विवादमा मुछिएको गण्डकी मेडिकल कलेजको अध्ययन सकेर राजधानी फर्किएका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष