
धनगढी- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनको सरकार बनेपछि मुलुक विकासको पथमा लम्कने बताएका छन्।
कैलालीको पुरानो सदरमुकाम भजनीमा सोमबार भजनी महोत्सवको उद्घाटन गर्दै दाहालले विकासकै लागि नेपालमा बाम एकता हुन लागेको बताए।
‘जनताले विकास चाहेका छन्, हामीले विकास गर्छौ भनेर नै चुनावमा भोट मागेका हौ, अब वाम गठबन्धनको सरकारले जनताको चाहना पूरा गर्छ।’ दाहालले भने। उनले सरकार निमार्ण र पार्टी एकिकरणको काम संगसंगै अगाडी बढीरहेको बताए।
‘एमाले र माओवादीको एकिकरण छिट्टै हुन्छ त्यसका लागि आवश्यक तयारीहरु भईरहेका छन्, वामपन्थी सरकारका लागि धेरै समय लाग्नेवाला छैन, मुलुकको विकास गर्न सक्ने सरकार अब बन्नेवाला छ।’ प्रचण्डले भने ।
आयोजक भजनी उद्योग वाणिज्य संघले प्रचण्डलाई मोहना नदीको गुलरियाघाटमा पुल निमार्ण हुनुपर्ने, बाढी पीडितका समस्या समाधान हुनुपर्ने लगायतका १५ बुदे मागपत्र बुझाएका गरेका छन्।
मागपत्र बुझ्दै प्रचण्डले उक्त मागहरु पूरा गराउन आफूले आजैदेखि पहल सुरु गर्ने प्रतिबद्धता जनाएका थिए।
सम्बन्धित समाचारहरु…
आफ्नै टोलमा सम्मान थाप्दै प्रचण्डले भने, त्रिदेशीय साझेदारीको वातावरण बन्दै छ