
देश सञ्चार
माघ १५, २०७४
अ
+
अ
अ
-
काठमाडौं– लामो समयपछि पुन नेपालमा रक्त चन्दनको तस्करी सुरु भएको छ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले काठमान्डौंको सरस्वतीनगरबाट दुई सय ५० केजी रक्तचन्दनसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षिय जनकबहादुर कार्की, काठमाडौेंका ६७ वर्षिय कुमार गुरुङ, रुपन्देहीका ३७ वर्षिय जनक पन्थी र मोरङका ३६ वर्षिय डिल्लीराम लिम्बु रहेका छन्।

