भाइरल ज्वरोको सङ्क्रमण, जोगिने कसरी?

भाइरल ज्वरोको सङ्क्रमण, जोगिने कसरी?
+
-

डडेल्धुरा – मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।

केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

बिरामीमध्ये बढी बालबालिका रहेका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि आउने बालबालिकामा बढीजसो ज्वरोका बिरामी रहेका छन् । ज्वरो र रुघाखोकीका मात्रै दैनिक ४० देखि ५० बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालका डा ललित सुरीले बताए ।

दूषित खानेपानी, चेतना अभाव, सरसफाइ अभाव, रोगबारेको अज्ञानतालगायतका कारणले यस क्षेत्रमा गर्मीको शुरुआतसँगै सरुवा तथा भाइरलजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको छ ।
डाक्टर सुरीले सरसफाइमा ध्यान दिन सुझाव दिए ।

जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत भाइरलजन्य रोगका बिरामीको चाप बढेको स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन् । जिल्लाका सबै अस्पताल र स्वास्थ्यचौकीमा भाइरल रोगका बिरामीले भरिएको र जाँच गर्ने बिरामीको चाप बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् ।

डडेल्धुरा जिल्लाको उपक्षेत्रीय अस्पताल, जोगबुढा अस्पताललगायतका विभिन्न स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका बिरामीको चाप बढेको छ । स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप दोब्वरले बढेको जोगबुढा अस्पतालले जनाएको छ ।

झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, एलर्जी, निमोनियालगायतका भाइरलजन्य रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढेको उपक्षेत्रीय अस्पताल डडेल्धुराकाले जनाएको छ । रोगको सङ्क्रमण हुनेमा बढी बालबालिका र वृद्धवृद्धा रहेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताए ।

मौसम बदलीका कारण पानी फोहर हुने हुँदा विभिन्न रोगको सङ्क्रमण हुने चिकित्सकहरुको भनाई छ ।

बालबालिका र वृद्धवृद्धा यसबाट बढी प्रभावित हुने गर्दछन् । वर्षाका कारण पानीका मुलमा फोहर मिसिने हुँदा भाइरलजन्य रोगको सङ्क्रमण बढेको उपक्षेत्रीय अस्पतालका ल्याव प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष