जुम्लामा जनस्वास्थ्य र सुँडेनी सम्बन्धी अध्यापन

जुम्लामा जनस्वास्थ्य र सुँडेनी सम्बन्धी अध्यापन
+
-

काठमाडौँ – कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान जुम्लाले स्नातक तहमा जनस्वास्थ्य र सुँडेनी (मिडवाइफ्री) अध्ययन सुरु गर्न लागेको छ ।

कर्णाली प्रदेशमा पहिलोपटक पब्लिक हेल्थमा २० र मिडवाइफ्री १० जनाले यही चैत १७ गतेदेखि सो तहको अध्ययन सुरु गर्न लागेको प्रतिष्ठानले जनाएको छ । ती तहमा अध्ययन गर्ने अधिकांश कर्णाली प्रदेशका र केही अन्य प्रदेशका रहेका छन् ।

यसअघि स्नातक तहको नर्सिङ र प्रमाणपत्र तहको स्वास्थ्य सहायक तहको अध्ययन अध्यापन सुरु गराइसकेको छ । स्नातक तहको एमबिबिएस र एमडिजीपीका तहका अध्ययन अध्यायन गराउन प्रतिष्ठानले आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले जानकारी दिए ।

नेपाल मेडिकल काउन्सिल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुगमन टोलीले जुम्लास्थित प्रतिष्ठानको ती तहका अध्ययनका भौतिक पूर्वाधार, उपकरण, जनशक्तिको स्थलगत अध्ययन पूरा गरिसकेको छ । तर काउन्सिलले हालसम्म ती तहको अध्ययन अनुमति नदिँदा कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि थप समस्या बन्दैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती दुई तहका अध्ययन प्रतिष्ठानबाट गराउन स्वीकृत प्रदान गरिसकेको छ । प्रतिष्ठानले तयार गरेको भौतिक संरचना, उपकरण, जनशक्ति तथा जुम्ला अस्पतालको व्यवस्थापन चिकित्सा विज्ञानको एमडी तहसम्म अध्यायन गराउने रहेको छ ।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले यही चैत १५ गते स्नातक तहका जनस्वास्थ्य र सुँढेनी (मिडवाइफ्री) अध्ययन कार्यको शुभारम्भ गर्ने प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । प्रतिष्ठानले पछिल्लो प्रतिष्ठानमा अक्सिजन प्लान्ट र जुम्ला अस्पतालभित्र नै रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष