कर्णालीमा औषधि अभाव, सांसदको चासो

‘समयमै ध्यान नपुर्‍याए कर्णालीको स्वास्थ्य अवस्था भयावह’

‘समयमै ध्यान नपुर्‍याए कर्णालीको स्वास्थ्य अवस्था भयावह’
+
-

काठमाडौँ – कणार्ली प्रदेश तथा देशका पश्चिम क्षेत्रमा अत्यावश्यक औषधिको अभाव देखिएको भन्दै सांसदले सरकारले ध्यानाकर्षण गराएका छन् ।

संसदको राज्इको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सांसदहरुले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्य क्षेत्रमा गरेका काम र भइरहेका प्रयासबारे छलफल गर्नका लागि समितिले उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्य मन्त्री यादवलाई बोलाएको हो ।

बिहीबारको बैठकमा नेकपाका सांसद कालीबहादुर मल्लले कर्णालीसहितका क्षेत्रमा अत्यावश्यक औषधिकै अभाव रहेको बताएका हुन् । उनले मन्त्री यादवको ध्यानाकर्षण गराउँदै भने, ‘गाउँ गाउँका स्वास्थ्य संस्थामा औषधि छैन । तल गोदाममा पनि औषधिको अभाव छ ।’ उनले बैठकमा भने, ‘मौसम परिवर्तन हुँदैछ । अब महामारीको जोखिम उच्च हुन्छ । समयमै औषधिको व्यवस्था गर्न सकिएन भने भयावह अवस्था आउन सक्छ । सरकार चाँडै सचेत बनोस् । औषधिको व्यवस्था होस्।’

सांसद मल्लले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरे । बिमा कार्यक्रम तिलगंगा आँखा अस्पतालमा पनि लागु हुनु पर्ने उनले माग गरेका छन् ।

नेकपाका सांसद भीम रावलले पैसा हुँदा पनि औषधिको व्यवस्था गर्न किन नसकिएको भनेर मन्त्री यादवसँग प्रश्न गरे । उनले भने, ‘औषधि अभाव रहेका खबर आएका छन् । निःशुल्क औषधिको पैसा हुँदा पनि किन औषधि पुगेको छैन ?’ यस्तै नर्सिङ्ग अध्ययन गरेकाहरुले काम नपाउने र पाए पनि सेवा–सुविधा निकै कमजोर हुने गरेको गुनासो आएकाले यसमा पनि मन्त्रालयल सचेत हुनु पर्ने बताए ।

सांसद गणेश ठगुन्नाले मन्त्रालयले विभिन्न स्थानीय तहका लागि तय गरेको १२ सय वटा स्वास्थ्य चौकीको वितरणमा अनियमितता भएको भन्दै मन्त्री यादवको ध्यानाकर्षण गराए । आवश्यकताको आधारमा भन्दा पनि पहुँचको आधारमा स्वास्थ्य चौकीको कोटा वितरण भएको उनको भनार्य छ ।

मन्त्री यादवले बैठककाे सुरुमा मन्त्रालयले मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने प्रयास भइरहेको बताए । तर कर्मचारी नभएकाले काम गर्न समस्या भएको उनको भनाई छ ।

उनले भने, ‘स्वास्थ्य संस्थामा कर्मचारी नहुँदा समस्या छ । २०५० सालदेखि कर्मचारी थपिएका छैनन् । बजेटको पनि अभाव छ । स्वास्थ्यमा ४.४ प्रतिशत मात्रै बजेट छ । उपकरणको अभाव छ ।’

उनले प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र विशिष्टिकृत अस्पताल बनाउने योजनामा काम भइरहेको भने बताए । यस्तै देशका सात अस्पताललाई सुदृढिकरण गर्ने तयारी रहेको पनि जानकारी दिएका छन् । कोशी अञ्चल अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरि अस्पताल र डडेलधुरा अस्पतालमा सुदृढिकरणको काम काम सुरु भएको उनले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष