‘मेथाडोन’ खाने पनि ‘ड्रपआउट’

‘मेथाडोन’ खाने पनि ‘ड्रपआउट’
+
-

नेपालगञ्‍ज- बाँकेमा ‘मेथाडोन’ औषधी खानेहरु ड्रपआउट हुने गरेका छन्। सुइद्वारा लागु औषधि खानेलाई लक्षित गरेर सरकारले सञ्चालन गरेको मेथाडोन औषधी खुवाउने कार्यक्रममा जोडिएकाहरु बीचमै भाग्ने गरेको पाइएको हो।

जिल्लामा अहिले ८० जनाले मेथाडोन खाइरहेका छन्। मेथाडोनले लागु औषधीको तलतल मेटाउने र सुधार्न सहयोग पुर्‍याउने परिवर्तन समूहकी कार्यक्रम संयोजक इन्द्राकुमारी जिसीले बताइन्। बाँकेमा परिवर्तन समूहले नै सुईद्वारा लागु औषधि खानेलाई खोजेर मेथाडोन खुवाउन अस्पतालसम्म पुर्‍याइदिने काम गर्दछ।

नेपालका १५ ठाउँमा मेथाडोन औषधि खुवाउने कार्यक्रम रहेको छ।नेपालगञ्जको भेरी अस्पतालको २३ नम्बर कोठाबाट उक्त सेवा दिइन्छ।सुईद्वारा लागु औषधि सेवन गर्दा रक्तजन्य रोगहरु फैलिने भएकाले मुखबाट मेथाडोन औषधि खुवाउने र निरन्तर काउन्सिलिङ गरेर प्रयोगकर्तालाई सुधार्न अभिप्रेरित गरिन्छ।

डाक्टरको सल्लाह र उपस्थितिमा मेथाडोन खुवाइन्छ।अस्पताल भन्दा बाहिर यो औषधी लैजान पाइदैन। काठमाडौंबाट नेपालगञ्ज ल्याउदा पनि स्कटिङ गरेर ल्याइन्छ।

सन् २०१३ देखि बाँकेमा मेथाडोन खुवाइएको छ। अहिलेसम्म ३ सय १२ जना मेथाडोन खान आइपुगेका छन्। डाक्टरले डिस्चार्ज नै गरेका भने ७ जनामात्रै छन्। औषधी खादा खादै कोही विदेश गएका छन्। कोहीले बीचैमा छोडेका छन्।

अहिले जिल्लामा निरन्तर मेथाडोन खाने ८० जनामा ६ जना महिला रहेका छन्। लागु औषधी प्रयोगकर्ता र कारोबारीमा महिलाको संख्या बढ्दै गएको परिवर्तन समूहकी कार्यक्रम संयोजक जिसी बताउँछिन्। ‘हामीसँग १५÷१६ जना महिला जोडिएका थिए।
कोही विवाह भएर गएका छन्। तीन जना नेपालगञ्ज र एकजना भारतीय जेल परेका छन्, जिसीले भनिन्, ६ जनाले अहिले निरन्तर मेथाडोन औषधी खाइरहेका छन्।’ उनका अनुसार, लागु औषधी प्रयोगकर्ता भनेर अरुले थाहा पाउने डरले मेथाडोन औषधी खान आउद मान्दैनन्।

सन् २०१६ को एक रिपोर्टमा बाँकेमा दुई हजार ९३ जना कडाखालका लागु औषधी प्रयोगकर्ता रहेका छन्। जिल्लामा काम गर्ने संघ संस्थाहरुले चार हजार बढी लागु औषधी प्रयोगकर्ता रहेको बताइरहेका छन्। मेथाडोन औषधीसम्म सबैको पहुँच पुग्न सकेको छैन।

लागु औषधि प्रयोगकर्तालाई सुधार्ने काममा लागेका साहरा हाउसका सञ्चालक अभिराज क्षेत्रीले मेथाडोन कार्यक्रम बाँकेमा सफल हुन नसकेको बताए। ‘मेथाडोन पनि खाने, बाहिर लागु औषधी पनि खाइदिने, मल्टि ड्रगिष्टको संख्या पनि धेरै छ, क्षेत्रीले भने, सहज रुपमा लागु औषधी पाइने भएकाले यस्तो भइरहेको छ।’

सीमावर्ती जिल्ला भएकाले बाँकेमा लागु औषधीको कारोबार र प्रयोगकर्ताको संख्या अधिक रहेको छ। बाँकेको कारागारमा सबैभन्दा धेरै लागु औषधीका बन्दी छन् भने प्रहरी कार्यालयमा जहिलेसुकै ६ दर्जन बढी थुनुवा हुने गर्दछन्।

लागु औषधिमा महिलाको संख्या पनि बढ्नै जानु अझ चिन्ताको विषय बनेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज दीपक मल्लले भर्खरै दुई जना महिला ५५ दिन थुनुवा बसेर छुटेको बताए।

‘केटीलाई उसको केटा साथीले नै लागू औषधिमा फसाइदिने गरेका छन्। केटीलाई नाकामा चेक कम हुने भएकाले शुरुमा लागू औषधि ल्याउन लगाउने गर्छन्, परिवर्तन समूहकी जिसीले भनिन्, लागू औषधीमा फसेका केटीलाई पछि त्यो केटा साथीले छोडिदिन्छ। ऊ पनि त्यसैमा रमाउँछ। लागु औषधीका लागि यौनकर्ममा लाग्छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष