दुई सयजनालाई पथप्रदर्शन तालिम

दुई सयजनालाई पथप्रदर्शन तालिम
+
-

चिप्लेढुङ्गा – पदयात्रा व्यवसायीको सङ्गठित संस्था ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले २०० जनालाई ‘ट्रेकिङ गाइड एण्ड पोर्टर’ तालिम प्रदान गरेको छ ।

नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायतका सङ्घसंस्थाको सहयोग र टानको आयोजनामा भएको १० दिने तालिमको शुक्रबार सकियो । सहभागीलाई गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रमाणपत्र वितरण गरे ।

मन्त्री लम्सालले पर्यटन विकासका लागि निजी क्षेत्र र सरकारका साझा कार्यसूचि हुनुपर्ने उल्लेख गरे । “समस्या धेरै छन् तर न्यूनीकरणका लागि सबै जुटाँै, पर्यटन विकासका लागि गुनासो हैन अब योजना लिएर आउनुस्”, मन्त्री लम्सालले भने । उनले गण्डकी प्रदेश पर्यटनको आधार भएकाले यससम्बन्धी पढाइका लागि पर्यटन विश्वविद्यालयको स्थापनाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पथप्रदर्शक र सहयोगीबिना हिँड्दा धेरै जोखिम बढेको छ भन्दै यस्तो तालिमबाट देशमै रोजगारको सृजना हुने र पदयात्रा क्षेत्रको सुरक्षाको चुनौती घट्ने विश्वास व्यक्त गरे । पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल पर्यटनको वास्तविक समस्याको पहिचान गर्न सरकार असफल भइरहेको छ भन्दै भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

टानका पूर्वअध्यक्ष टीकाराम सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा टानले गरेको पर्यटन प्रवर्द्धनका गतिविधिका बारेमा जानकारी गराए । सहभागी शोभासिंह भण्डारीले देशका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने आफ्नो र आफूजस्तै साथीहरूको व्यावसायिक रहर पूरा भएको बताए ।

नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रमाणपत्रले देशभित्र जुनसुकै स्थानमा गएर पनि व्यावसायिक पथप्रदर्शकको काम गर्न सकिने बताए । तालिममा १३ महिला र १८८ पुरुषको सहभागिता थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?