सडक आन्दोलनमा प्रदेश-२का विद्यार्थीहरु

एसईई स्थगितविरुद्ध शिक्षामन्त्री पोखरेलको पुत्ला दहन, राज्यमन्त्रीको गाडीमा तोडफोड

एसईई स्थगितविरुद्ध शिक्षामन्त्री पोखरेलको पुत्ला दहन, राज्यमन्त्रीको गाडीमा तोडफोड
+
-

जनकपुरधाम- लगातार दुई दिनको प्रश्‍नपत्र बाहिरिएपछि केन्द्र सरकारले एसईई स्थगित गर्दा प्रदेश २ का विभिन्न जिल्लामा विद्यार्थीहरुले शिक्षामन्त्री गरिराजमणि पोखरेलको पुत्ला जलाएका छन् भने प्रदेश सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन्।

प्रदेश-२को जनकपुरसहित विभिन्‍न ठाउँमा विद्यार्थीहरूले सडकअवरोध गर्दै टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदेशका विभिन्न जिल्लास्थित राजमार्गमा विद्यार्थीहरु सडकमा उत्रेर शिक्षामन्त्री गिरिराजमणी पोखरेलको राजिनामा माग गरे।

शनिबार आन्दोलनरत विद्यार्थीले प्रदेश सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन्। आन्दोलनकारीले धनुषाको सपहीमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुढा प्रहार गरेका हुन्। ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन्।

सप्तरीमा आक्रोशित विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेर प्रदर्शन गरेका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खचुहिया चक्काजाम गरेर प्रदर्शन गरेका हुन्।

आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुतला जलाएका छन्। शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरुले पुतला जलाएका छन्।

एसइई परीक्षा स्थगित भएपछि बाराका विद्यार्थीहरु पनि आन्दोलनमा उतरेका छन्। आन्दोलनमा उतरेका विद्यार्थीहरु तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप समेत भएको जनाइएको छ। झडपमा एक प्रहरी जवान र केही विद्यार्थीहरु घाइते भएको जनाईएको छ।

यता, जिल्ला प्रशासन कार्यालय धनुषाले प्रश्नपत्र बाहिरिएको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको भन्दै प्रदर्शनमा नउत्रिन विद्यार्थीहरुलाई आग्रह गरेपनि शनिावर दिनभरि विद्यार्थीहरुले प्रर्दशन गरेका छन्।

प्रशासन कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रदेश शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्मा संयोजकत्वको टोलीले छानबिन गरिरहेको भन्दै बन्द हड्ताल, चक्काजाम, तोडफोडजस्ता उत्छृंखल गतिविधि नगर्न आग्रह गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?