दरबारमार्गमा बलात्कृत युवती गायब

+
-

काठमाडौं– काठमाडौंको दरबारमार्गमा केही दिनअघि सामुहिक बलात्कारमा परेको भनिएकी युवती ‘गायब’ भएकी छिन्।

सुदूरपश्चिम घर भई हाल ललितपुरमा बस्दै आएकी ती युवती उपत्यकाबाहिर पुगेको र उनको मोबाइल पनि स्विच अफ रहेको प्रहरीले जनाएको छ।

दरबारमार्गस्थित होटल ल्यान्डमार्क होटलमा गत बिहीबार राति प्रेमीसहित पुगेकी ती युवतीले सोही रात अन्य तीन केटाले समेत आफूलाई बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी थिइन्।

तर दरबारमार्ग प्रहरी वृतले जाहेरी समेत नलिएको आरोप लागेपछि उक्त घटनालाई गम्भीरतापूर्वक हेरिएको थियो। काठमाडौं प्रहरी परिसरले प्रहरी आर्थिक चलखेलमा मुछिएको हुन सक्ने आशंकामा एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्यिय छानबिन टोली गठन गरेको थियो।

छानबिन टोलीका एक सदस्यले पीडित भनिएकी युवती उपत्यकाबाहिर रहेको र मोबाइल समेत स्विच अफ रहेका कारण अनुसन्धानमा समस्या भएको बताए।

‘युवती सम्पर्कमा नआई अनुसन्धान गर्न सम्भव छैन’, नाम उल्लेख नगर्ने शर्तमा छानबिन टोलीका एक सदस्यले भने। उजुरी दिन पुगेकी युवती कसरी सम्पर्कबिहीन भइन्, शंकास्पद बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?