हुरी प्रभावितको कहर

‘सडकमै खायौ भात, सडकमै काट्दैछौ रात, सरकारले दिएन राहत’

‘सडकमै खायौ भात, सडकमै काट्दैछौ रात, सरकारले दिएन राहत’
+
-

फेटा- सरकारले हुरीबाट प्रभावितहरुलाई राहत दिने घोषणा गरे पनि उनीहरु अझैसम्‍म नीजि संघ संस्थाले दिएको खाना र पालमुनि बस्न बाध्‍य भएका छन्।

हुरीबाट सबैभन्दा ठूलो क्षति पुर्‍याएको बाराको फेटा गाउँपालिका भरबलियाका स्थानीयहरुले निजी व्‍यक्ति र संस्थाले दिएको खाना खाएर बाँचिरहेको बताएका हुन्।

उनीहरुले सरकारले तीन दिनमा समेत कुनै राहत उपलब्ध नगराएको गुनासो गरेका छन्। उनीहरुलाई वीरगञ्‍जका टेन्टवालाले राहतको लागि टेन्ट र जेनेरेटरको व्‍यवस्था गरिदिएका छन् भने केही नीजी संघसंस्थाले खानाको व्‍यवस्था गरिदिएका छन्।

राहतबारे बुझ्न खोज्दा एक हुरी प्रभावितले भने, ‘ हामी अहिलेसम्‍म सडकमै अरुले दिएको खाना खादैछौ, सडकमै काट्दैछौ रात, तर अझैसम्‍म कुनै राहत सरकारले पठाएन।’

उनका अनुसार अरुले दिएको एक सर्को लुगा बाहेक कपडा छैन। पीडित परिवारहरु राहतको आशमा झोक्राएर बसिरहेका छन्। राहतको पर्खामा कुरिरहेका छन् बालबच्चासहित त्रिपाल मुनि।

सडकमा रात काट्न पनि निक्कै समस्या परेको छ। किनकी त्‍यहाँ बिजुली बत्ती पनि छैन जसका कारण मोबाइल चार्ज गर्न र बत्ती बाल्‍न अप्ठेरो परिरहेको छ।

यता, फेटा गाउपालिकाकै पुरैनामा सेनाले टेन्ट उपलब्ध गराएको छ। त्‍यहाँ भलबरियाको भन्दा कम क्षति गराएकाले सेनाले भूकम्पको बेला चीनले दिएको राहतको त्रिपाल उपलब्ध गराएका छन्।

देश सञ्‍चारकी फोटो पत्ररका बर्षा शाहले राति ९ बजे त्‍यहाँ पुग्दा उनीहरु खाना खाइरहेका थिए। त्‍यही दृश्‍य आफ्नो क्‍यामेरामा यसरी कैद गरेकी छिन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?