‘भारतीय पक्षबाट नेपाली सीमा बचाउने शहीदलाई राज्‍यले बिर्सियो ‘

‘भारतीय पक्षबाट नेपाली सीमा बचाउने शहीदलाई राज्‍यले बिर्सियो ‘
+
-

धनगढी- मुलुकभर शहीद दिवस मनाईरहदा सीमाको रक्षाको लागि शहादत प्राप्त गरेका कञ्चनपुरका शहीद गोविन्द गौतमको सम्झनामा भने सरकारी तथा निजि तवरबाट कुनै कार्यक्रमको आयोजना गरिएन्।

भारतीय र नेपाली पक्षबिच गत बर्ष फागुन २६ गते भएको सीमाना बिवादमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका शहीद गौतमको सम्झनामा कुनै कार्यक्रम नगरीएपछि उनको परिवारले दुःख व्यक्त गरेको छ।
गौतम परिवारका सदस्यले सीमानाको रक्षाका लागि गोविन्दले ज्यान गुमाएपनि अहिलेसम्म सीमाना विवाद सुल्झीन नसकेकोमा आफुहरु झनै दुःखीत भएको बताएका छन्।

शहीद गोविन्द गौतमको सम्झनामा उनको तस्बिरमा माल्यार्पण गरेपछि भावुक मुद्रामा उनकी श्रीमति र आमा। तस्बिर-दीपक जोशी/देश सञ्‍चार

‘दुई देशको सिमानाको विवादले छोराको ज्यान गयो तर उक्त विवाद अहिलेसम्म समाधान गरिएको छैन, बर्षमा एकपटक शहीदलाई नसम्झीएपनि सिमाना विवाद समाधान गरिदिए हुन्थ्यो।’ शहीद गोविन्दकी आमा हरिदेवीले भनिन्।

गतबर्ष घटना घटेका बेला गौतम परिवारका लागि मुलुकका ठुला पार्टी र सरकारले लाखौ रकम सहयोगको घोषणा गरेका थिए। गौतमकी श्रीमतीलाई सरकारी जागिर लगाउने कुरा पनि आस्वासनमा मात्रै सिमित भएको छ।

‘जागीर लगाएर सहयोग र सदाचारका कुराहरु भन्दा पनि जुन कारणले घटना घट्यो त्यसको नै समाधान नभएपछि शहीद भएका मेरा श्रीमानको अपमान भएको महसुस भएको छ।’

शहीद पत्नी लक्ष्मी गौतमले भनिन्। कमाउने छोरा सीमाना बचाउने क्रममा शहीद भएपछि बुढेसकालमा जीवन गुजार्न समेत मुस्कील भएका बेला सिमानाको विवाद नै समाधान नभएकोले झनै दुःख लागेको शहीद गौतमका बुवाले बताए।

शहीद गोविन्द गौतमको सम्झनामा सरकारी वा निजि तवरबाट कुनै औपचारीक कार्यक्रम नभएपनि धनगढीबाट साहित्यकार र पत्रकारको टोलीले उनको कञ्चनपुर स्थित घरमा पुगेर तस्विरमा माल्यार्पण गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?